बञ्चरो प्रहार गरी शिवमंगल महतोको हत्या


प्रकाशित मिति : फाल्गुन १५, २०७४ मंगलबार

फागुन १५, रौतहट । कटहरिया नगरपालिका १ छेदीचौक हँथियाहीका ४० वर्षिय शिवमंगल महतो नुुनियाको टाउकोमा बञ्चरो प्रहारबाट हत्या भएको छ ।

हत्याको अभियोगमा छिमेकी जितुु महतो नुुनियाका छोरा ३५ वर्षका वीरेन्द्र महतो नुुनियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी यज्ञ बिनोद पोखरेलका अनुुसार मृृतकको टाउको र ढाडमा चोट देखिएकाले पछाडिबाट बञ्चरो प्रहार भएको छ ।

घटना विवरणअनुुसार मृतक शिवमंगल महतो सोमबार राति करिब १२ बजे अभियुुक्तको घरमा प्रवेश गरेको थिए ।

अज्ञात मानिस घरमा प्रवेश गरेको थाहा पाएर अभियुुक्त महतोले पछाडिबाट शिवमंगल महतोको टाउकोमा बञ्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृृत्युु भएको एसपी पोखरेलले बताए ।

घटना लगतै जिल्ला प्रहरी कार्यालय गौर, ईलाका प्रहरी कार्यालय गरुडाबाट गएको टोलीले अभियुुक्त बिरेन्द्र महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पुुरानो रिसिबीका कारण घटना भएको प्रहरीको अनुुमान छ ।

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोबिन्द थापाले जानकारी दिए ।

गाँउलेहरुले अनैतिक कार्य गर्ने उदेश्यले मृतक शिवमंगल महतो छिमेकी जितुु महतोको घरमा मध्यरातमा पसेको हुनसक्ने अनुमान गरेका छन् ।

यसरी छिमेकीको घरमा पस्दा हत्या भएको कटहरिया नगरपालिकामा पहिलो घटना भएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com