उपचारका क्रममा एक बिरामीको मृत्यु, भरतपुर सामुदायिक अस्पतालमा तनाव


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

 

फागुन १४, चितवन । भरतपुरस्थित भरतपुर सामुदायिक अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । ढाँडको अप्रेसन गरेका रत्ननगर नगरपालिका १५ का करीव ४५ वर्षीय सोमबहादुर तामाङको सोमबार दिउँसो निधन भएको हो ।

 

आफन्तले अस्पताल बाहिर प्रदर्शन गरेका छन् । अस्पताललाई अहिले प्रहरीले सुरक्षा दिइरहेको छ ।

मृतकका आफन्तहरुले अस्पतालको लार्पवाहीका कारणले ज्यान गएको भन्दै चिकित्सकलाई कारर्वाही हुनुपर्ने माग राखेका छन् । तर, अस्पतालका चिकित्सक डा. सुनिलमणि पोखरेलले बिरामीको ‘हर्ट एट्याक्ट’ भएर निधन भएको प्रारम्भिक जानकारी पाएको बताए ।

११ फागुनमा ढाँडको अप्रेसन गरेका तामाङ सोमबार दिउँसो २ बजेसम्म आफन्तहरुसँग कुराकानी गरिरहेका थिए । उनी अस्पतालको शौचालयमा लडेपछि हर्ट एट्याक्क भएको अस्पतालको दाबी छ ।

तामाङको अप्रेशन हाडजोर्नी तथा नशारोग बिषेशज्ञ डा. कृष्णप्रसाद पौडेललगायतको समूहले गरेको थियो । डा. पौडेलले सुगरका समेत रोगी रहेका तामाङको हर्ट एट्याक्क भएर मृत्यु भएको बताए । अस्पतालले ४ बजे तामाङको मृत्यु भएको जानकारी आफन्तलाई गराएको थियो ।

मृतकका आफन्त राजु वाइवाले अस्पतालले समयमा नै ख्याल नगर्दा बिरामीको मृत्यु भएको भन्दै कारर्वाही हुनुपर्ने माग गरे ।

अर्का आफन्त विश्वास खड्काले हर्ट एट्याक्क नै भएको पनि अस्पतालमा आएको बिरामी कसरी मर्छ भनी प्रश्न गरे । उनले भने ‘अस्पतालमा बाँच्न आउने हो मर्न आउने हैन ।’

पीडित पक्ष र अस्पताल प्रशासनवीच वार्ता भइरहेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com