बैंकमा ४८ हजार जम्मा गरेका चिया पसलेको बैंक खातामा गल्तिले कर्मचारीले ४ करोड बनाईदिएपछि


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

चिया पसलेको खातामा समान्यतः कति पैसा होला रु तर, जयपुरको एक चिया पसलेको खातामा सात करोड ६८ लाख जम्मा देखिएको छ । खातामा यति धेरै पैसा देखिएपछि कर विभागले हैरान पारेको छ ।कुरा यस्तो थियो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोटबन्दी गरेपछि राजकुमार ब्यांक गएका थिए । उनले आफूसँग भउको ४८ हजार भारतीय रुपैयाँ ब्यांकमा जम्मा गर्न दिए । ब्यांक कर्मचारीले ४ करोड ८० हजार भारतीय रुपैयाँ बनाइ दिए । त्यसको नेपाली सात करोड ६८ लाख हुन्छ ।

उनले गल्तीले आफ्नो खातामा धेरै पैसा आएको बताएपछि ब्यांकले पनि गल्ती स्वीकार ग¥यो । उनको खातामा गएको पैसा फिर्ता ग¥यो । तर कुरा त्यतिक्कैमा बन्द भएन् ।

त्यसको १४ महीनापछि पनि उस्तै छ । भारतीय कर विभागले अहिले पनि राजकुमारको घरमा पत्र पठाइरहेको छ । पत्रमा उसले सोध्ने गरेको छ, ‘यति धेरै पैसा कहाँबाट आयो रु’ राजकुमार भने हैरान छन् ।

यो पनि पढ्नुस : फेसबुकको सात रोचक तथ्य: फेसबुकको रङ निलो किन ? कसलाई कहिल्यैपनि ब्ल्क गर्न मिल्दैन?

फेसबुकको सम्बन्धि धेरै जिज्ञासाहरुको जवाफ जान्ने चाहना सबै फेसबुक प्रयोगकर्ताको हुन्छ । फेसबुकबारेका यस्तै सातवटा रोचक तथ्य यस्ता छन्ः

१.फेसबुकको रङ किलो निलो हुन्छ ? कहिल्यै सोच्नुभएको छ ? वास्तवमा फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई कलर ब्लाइन्डनेस छ र उनले सबैभन्दा राम्रोसँग देख्न सक्ने रङ भनेकै निलो रङ हो । सोही कारण जुकरबर्ग र उनका साथीहरुले फेसबुकको डिजाइन गर्दा नै निलो रङको बनाएका थिए ।

२. फेसबुकमा एकजना यस्ता व्यक्ति छन् जसलाई कहिल्यैपनि ब्ल्क गर्न सकिँदैन । हो, फेसबुक संस्थापक मार्क जुकरबर्गलाई फेसबुकमा कसैले पनि ब्लक गर्न सक्दैन ।

३. फेसबुकका झण्डै दुई अर्ब प्रयोगकर्ता छन् । तर चीन, इरान र उत्तर कोरिया सहितका केही देशमा चाहिँ फेसबुक प्रतिबन्धित छ ।

४. यदि तपाइँले चिनेको कोही मानिसको मृत्यु भयो भने तपाइँले यसबारेमा फेसबुकमा रिपोर्ट गर्न सक्नुहुन्छ । तत् पश्चात फेसबुकले उक्त कुराको विभिन्न तथ्यबाट पुष्टि गरेर मृतक व्यक्तिको प्रोफाइललाई मेमोरलाइज्ड गर्दछ । त्यस अकाउन्ट कोहीपनि मानिसले लगइन गर्न सक्दैन र कुनैपनि परिवर्तन गर्न सकिँदैन ।

५. फेसबुकमा एउटा फिचर छ, पोक । कसैको प्रोफाइलमा गएर तपाइँ उसलाई पोक गर्न सक्नुहुन्छ । पोकको अर्थ के हो ? तपाइँलाई थाहा छ ? वास्तवमा यसको कुनै अर्थ छैन । फेसबुकको पोक फिचरका बारेमा मार्क जुकरबर्गले भनेका छन् कि उनलाई कुनै दिन सोचाई आयो कि फेसबुकमा कुनै पनि अर्थ नभएको एउटा फिचर राख्ने । यो केवल रमाइलोका लागि हो ।

६.फेसबुकमा अहिले जुन लाइक अप्सन छ, पहिले यसको नाम AWESOME राखिएको थियो । तर त्यसलाई पछि बदलेर like बनाइयो ।

७. फेसबुकको लतले रोगको रुप लिँदै जान्छ । जसलाई फेसबुक एडिक्सन डिसअर्डर अर्थात् एफएडी भनिन्छ । दुनियामा करोडौँ मानिस एफएडीबाट ग्रसित छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com