Follow @khasokhasmag

लेक लागेर जापानी नागरिकको मृत्यु


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

सोलुखुम्बुमा लेक लागेर एक जना विदेशी नागरिकको ज्यान गएको छ । खुम्बु –पासाङल्हामु गाउँपालिका–४ लबुचेमा एक जापानी नागरिकको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

खुम्बु क्षेत्र अवलोकन गर्न गएका विदेशी नागरिक लबुचेको न्यु ईबीसी होटलमा बस्दै आएका ४० बर्षीय कोजी क्वाजुङचीको आइतबार बेलुका ७ बजेतिर लेक लागेर मृत्यु भएको हो । तर घटनाबारे सोमबार बिहान मात्र इलाका प्रहरी कार्यालय नाम्चेमा खवर गरिएको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com