कतारबाट आएका एक युवक विमानस्थलमै पक्राउ – कारण यस्तो


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

सिराहा सुठिथाना–४ का २९ बर्षीय एन.डि. रजक सहिललाई प्रहरीले पक्राउ गरेको हो। अवैध सुनसहित प्रहरीले उनलाई पक्राउ गरेको हो।
१ सय ग्रामका २ थान बाला सहित उनी पक्राउ परेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा हिमालयन एयरको उडानबाट दोहा हुँदै काठमाडौं आएका सहिललाई प्रहरीले पक्राउ गरेको हो। विदेशबाट फर्कदा ५० ग्रामसम्म मात्र सुन ल्याउन पाइने भएपनि उनले धेरै ल्याएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कतारबाट आएका एक युवकलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ गरेको छ।

सिराहा सुठिथाना–४ का २९ बर्षीय एन.डि. रजक सहिललाई प्रहरीले पक्राउ गरेको हो। अवैध सुनसहित प्रहरीले उनलाई पक्राउ गरेको हो।

१ सय ग्रामका २ थान बाला सहित उनी पक्राउ परेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा हिमालयन एयरको उडानबाट दोहा हुँदै काठमाडौं आएका सहिललाई प्रहरीले पक्राउ गरेको हो। विदेशबाट फर्कदा ५० ग्रामसम्म मात्र सुन ल्याउन पाइने भएपनि उनले धेरै ल्याएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस् :
जोखिम बस्तीका २४ विस्थापित घरधुरीले पाए जग्गा र लालपूर्जा
अर्जुन श्रेष्ठ/उज्यालो ।

धादिङ, फागुन १२ – खनियाँबास गाउँपालिका–४, धादिङकी ६१ वर्षीय कामिस्या तामाङ भूकम्प गएदेखि अहिलेसम्म ढुक्कले सुत्न सक्नुभएको छैन ।
भूकम्पले घर मात्रै भत्किएन, घर बनाउने सुरक्षित जग्गा समेत छैन । अस्थायी टहरामा बस्दै आउनुभएकी तामाङको टहरा भन्दा थोरै तलबाट पहिरो चलिरहेको छ । त्यसैको त्रासमा उहाँ बसिरहनुभएको थियो ।
तर सरकारले जोखिम बस्तीमा रहेका प्रभावितलाइ सरकारले जग्गा किन्न दिएको २ लाख रकमबाट तामाङले जग्गा पाउनुभएको हो । एकल महिला तामाङलाई जग्गा किनेर घर बनाउला जस्तै लागेको थिएन् ।
‘चार आना जग्गा पाएँ, खुशी छु’, तामाङ भन्नुहुन्छ, ‘आवास सहयोगार्थ सरकारले दिएको अनुदान रकमको पहिलो किस्ता ५० हजार पनि लिएँ । खुकुरीको धारमा टेकेर कतिञ्जेल हिड्नु । अब छिट्टै घर बनाउँछु ।’
दार्खाकै कृष्णबहादुर तामाङ पनि जग्गा पाएकोमा खुशी हुनुहुन्छ । ‘भूकम्पपछि सबै कुरा गुमेपछि बाँच्ने आधार देखेको थिइन’, कृष्णबहादुर भन्नुहुन्छ, ‘सबै भन्दा ठूलो कुरा घर जग्गा रहेछ । अब त ज्याला मजदूरी गरेर पनि परिवार पाल्न सक्छु ।’

गंगाजमुना गाउँपालिका–२, धादिङकी अनिता तामाङको बस्तमा पनि भूकम्पका कारण बस्न नहुने गरी पहिरो गयो । उहाँ भूकम्पपछि बुवाको घरमा बस्दै आउनुभएको छ । ‘जग्गा किन्ने पैसा अभावका कारण घरको जगसमेत बनाउन सकेका थिएनौं’, अनिता भन्नुहुन्छ, ‘तर अहिले सरकारले दिएको २ लाख रुपैयाँबाट ५ आना जग्गा पाएको छु । अब छिट्टै घर बनाउने तयारीमा छु ।’
भूकम्प र भूकम्पपछिको पहिरोको कारण धादिङका धेरै नागरिक विस्थापित भएका थिए ।

रुविभ्याली गाउँपालिका–५, धादिङकी शान्तिमाया तामाङ भूकम्पपछि जिल्लाको सदरमुकाम धादिङबेशी बस्दै आउनुभएको छ ।
ज्याला मजदूरी गरेर मुस्किलले दुई छाकको जोहो भएको छ’, तामाङ भन्नुहुन्छ, ‘सरकारले जग्गा किन्न दिएको २ लाख रकमले गाउँ नजिकै बस्न योग्य ठाउँमा ५ आना जग्गा किनेको छु । अब गाउँमा फर्केर घर बनाउने हो ।’

गाउँमा भएको भए खेतीपाती गरेरै भए पनि सजिलै खान पुग्थ्यो । शहरमा दिनभरि काम गरे पनि राम्रोसँग खान नपुग्ने शान्तिमाया बताउनुहुन्छ ।
धादिङ जिल्लामा सरकारले पहिलो चरणमा जग्गा किन्न २ लाख रकम पाउने सूचीमा २ सय जनाको नाम सार्वजनिक गरेको थियो । अहिलेसम्म २ सय जना प्रभावित मध्ये २४ जना प्रभावितहरुले आवश्यक प्रक्रिया तथा मापदण्ड पूरा गरेपछि जग्गा किन्न २/२ लाख रुपैयाँ पाएका छन् ।

सरकारले जोखिम बस्तीका बासिन्दा र भूकम्पका कारण घर बनाउने जग्गा नभएका प्रभावितको लागि बढीमा २ लाख रकम दिएको हो । प्रभावितहरुको साविकको भन्दा अन्य ठाउँमा बस्न योग्य जग्गा जमिन नभएको वडा कार्यालय र पालिकाले प्रमाणित गरेपछि मात्र २ लाख रुपैयाँ पाउन योग्य ठहरिएका हुन् ।

सामुदायिक आत्मनिर्भर सेवा केन्द्र धादिङले जग्गा खरिद गर्न अनुदान रकम पाइने फारमदेखि जग्गा पास गर्ने चरणसम्म सहजीकरण गरिरहेको छ ।
प्रभावितले २ लाख रुपैयाँमा जग्गा किन्न श्रीमान श्रीमतीको नाममा संयुक्त लालपूर्जा लिनुपर्ने हुन्छ । संयुक्त लालपूर्जा र लिखतको आधारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा बिक्री गर्ने जग्गा धनीलाई बैङ्क खातामा चेक मार्फत रकम जम्मा गर्ने गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धादिङका प्रमुख रविचन्द्र पञ्जियारले बताउनुभयो ।

तिप्लिङ, शेर्तुङ, लापा, सेमजोङलगायत धादिङ साविकका गाविसमा करिब १० गाउँहरु पुनः भौगर्विक सर्वेक्षण भएको छ । तर, केन्द्रिय प्राधिकरणबाट अध्ययनको नतिजा भने प्रकाशन हुन बाँकी रहेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com