होलीमा महिला, बालबालिकालाई अनावश्यक दुःख दिए कारबाही


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

–महिला खबर–

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्वमा महिला, बालबालिका, वृद्ध एवं बाटो हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख हैरानी दिएमा कारबाही गर्ने भएको छ । कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रभु प्रसाद ढकालले विज्ञप्ती निकालेर यस्तो चेतवनी दिएका हुन् ।

विज्ञप्तीमा होली पर्व मनाउने क्रममा एक अर्काको ईच्छा विपरित जबरजस्ती रंग, लोला, फोहोर पानी छ्याप्ने व्यक्तिलाई तत्काल पक्राउ गरि कारबाही गरिने बताइएकाे छ । यस्तै होली पर्वलाई सभ्य, मर्यादित र शान्तिपूर्ण एवं भय रहित बनाउन विशेष सुरक्षा योजना बनाएर लागू गरिएको समेत ढकालले विज्ञप्ती मार्फत उल्लेख गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com