फेसबुकमा लभ परेको मायालुलाई भेट्न जाँदा आफ्नै बुहारी परेपछि


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् ।कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ । कुरू केहि समय अगाडिको हो चीनमा यस्तै भएको छ । कहिल्यै नभेटेका र नदेखेका जो कोही पनि फेसबुक मार्फत् साथी बन्न सक्छन् । अनलाइनमा साथी बनेर माया प्रेम समेत बसेपछि भेट्न जाँदा आफ्नै ससुरा बुहारी परेपछि वित्यास ।

यो घटना नेपालको पुर्वी इलाममा भएको थियो । ससुरा बुहारी दुबैले आफ्ना पत्नी र पतिलाई छलेर फेसबुकमा कुराकानी गर्दर्थे ।दुबैले तस्वीर राखेका थिएनन् । नाम र तस्वीर काल्पनिक राखेर कुराकानी गर्दथे । ५७ वर्षे ससुरा रमेश र बुहारी अस्मिताका बिच लामो समय सम्म फेसबुकमै कुराकानी भयो ।

कुराकानीका क्रममा रमेशले आफु एउटा कम्पनीको मालीक भएको र श्रीमतीको मृत्यु भएको बताउँथे भने बुहारीले आफ्ना श्रीमान् जेल परेको बताउँथिन् । हरराति यी दुईबीच च्याट्मा कुरा हुन्थ्यो । यस्तै क्रममा उनीहरुका बीच एउटा होटलमा भेट्ने तय समेत भयो । अस्मिताका श्रीमान घर बाहिर गएका थिए ।

श्रीमतीले अर्कै केटालाई भेट्न होटल जाँदैगरेको उनले श्रीमतीको उक्त फेसबुक एकाउन्ट चलाउँदा थाहा पाए । यो कुरा थाहापाएपछि उनी रंगेहात समात्न पुगे । अस्मिताले होटलको ढोका टक्टक्याउँदा ससुराले ढोका खोले । दुवै लाजले रातो पीरो भए अनि भयो कन्त बिजोक । पछि श्रीमान पनि अस्मितालाई पछ्याउँदै होटल पुगेपछि लफडा सुरु भयो । अस्मिताका श्रीमानले बाबु र श्रीमतीलाई कुटपिट गरेपछि प्रहरी आइपुग्यो । अहिले फेसुबक लभको को चक्करमा प्रहरीले सासु बुहारीलाई केरकार गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com