नेपालमा दक्ष पाइलटको अभाव,जहाज उडाउन चिनियाँ पाइलट आउने


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको वाई १२ जहाज उडाउन चिनियाँ पाइलट ल्याउने भएको छ। चिनियाँ जहाज उडाउने दक्ष पाइलट नेपालमा नभएका कारण चीनबाट नै ल्याउन लागिएको हो।

चार वटा वाई १२ सिरिजका जहाज उडान निगमसँग दुई जना मात्रै पाइलट छन्। पाइलट नभएपछि तत्कालका लागि चिनियाँ पाइलट ल्याउने गरी छलफल सुरु भएको नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए। उनले भने, ‘नेवानिले वाई १२ जहाज उडान गर्ने पाइलटको विज्ञापन गरेको छ। तत्कालका लागि चिनियाँ पाइलट नै ल्याउने गरी जहाज निर्मात कम्पनीसँग छलफल थालिएको छ।’

पाइलट अभावकै कारण नेवानिले वाई १२ सिरिजका जहाज पर्याप्त मात्रमा उडान गर्न सकेको छैन। वाई १२ जहाज उडानका लागि जहाज उपलब्ध गराउने कम्पनीले आफूहरूसँग अंग्रेजी भाषा बोल्ने तीन चिनियाँ पाइलट रहेको जानकारी दिएपछि छलफल सुरु भएका हो।

पाइलट मासिक तबलमा ल्याउने योजना भए पनि कति तलब र कुन सेवा सुविधा दिने भन्नेमा निर्णय हुन बाँकी रहेको कंसाकारले बताए।

नेवानिसँग चार वटा वाई १२ सिरिजका जहाज उडाउन दुई पाइलट मात्रै छ। नेवानिले दुई साता अगाडि ल्याएका दुई वटा वाई १२ सिरिजका जहाजको उडान भने सुरु गरेको छैन। नेवानिले अहिले जहाज उडानका लागि प्राधिकणसँग कागजी प्रक्रिया सुरु गरेको कंसाकार बताउँछन्। कागजी प्रक्रिया पूरा गरेसँगै आन्तरिक उडानका थप गन्तव्य विस्तार गर्दै नियमित उडानका लागि चिनियाँ पाइलट ल्याउने तयारी भएको उनले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com