के भुटान चीनसँग नजिकिँदै छ?


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

भुटानको तीनतिर भारत पर्दछ भने एकतिर चीन पर्दछ। एसियाका दुई शक्ति राष्ट्रको बीचमा करिब आठ लाख जनसंख्या भएको यो राजतन्त्रात्मक देश भारतसँग बढी नजिक रहिआएको छ।

भारत र भुटानबीच एउटा विशेष सम्बन्ध रहेको बताइन्छ।

भुटानको अन्तर्राष्ट्रिय, आर्थिक र रक्षा नीतिमा भारतको प्रभाव रहिआएको छ।

सन् १९४९ मा दुई देशबीच मैत्री सन्धि भएको थियो। सन् २००७ मा त्यसमा केही संशोधन गरियो।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

नजर
भारत र भुटानबीच ६०५ किलोमिटर सिमाना जोडिएको छ र भारत भुटानको सबैभन्दा ठूलो व्यापार सहयोगी पनि हो।

भुटानले आफ्नो ९८ प्रतिशत निर्यात भारतलाई गर्दछ र करिब ९० प्रतिशत आयात भारतबाट गर्दछ।

भारतीय सेनाले भुटानको शाही सेनालाई प्रशिक्षण दिँदै आएको छ।

तर पछिल्ला दिनहरूमा चीन र भुटान नजिकिन थालेका विवरणहरू आइरहेका छन्।

भारत सरकारले त्यहाँको संसदीय समितिलाई चीन र भुटानबीचको सम्बन्धमाथि नजर राखेको बताएको छ।

सम्बन्ध
हिन्दुस्तान टाइम्सको एउटा रिपोर्ट अनुसार संसद्को विदेश मामिलासम्बन्धी समितिमा राहुल गान्धीले भुटान चीनसँग नजिक भए भारतले के गर्छ भन्ने प्रश्न गरेका थिए।

तर भुटानका लागि भारतीय राजदूत रहिसकेका पवन वर्मा त्यस्तो ठान्दैनन्।

हाल जनता दल युनाइटेडसँग आबद्ध वर्मा भन्छन्, “यस्तो रिपोर्ट आएको यो पहिलो पटक होइन। चीन पनि चाहन्छ भुटानसँग उसको कूटनीतिक सम्बन्ध विस्तार होओस्। उसको पनि त्यहाँ दूतावास छ।”

“भारतका लागि भुटानसँग राम्रो सम्बन्ध राख्न जति जरूरी छ, उति नै जरूरी चीनका लागि छ। तर भुटान चीनसँग नजिक भएको रिपोर्ट विश्वसनीय लाग्दैन।”

भुटानसँग राम्रो सम्बन्ध बनाइराख्न भारतका लागि किन आवश्यक छ त?

अपरिपक्वता
जवाफमा वर्मा भन्छन्, “नक्सामा भुटानको अवस्थिति हेरेर पनि यो कुरा बुझ्न सकिन्छ। सुरक्षाको दृष्टिकोणले भुटानसँग राम्रो सम्बन्ध बनाइराख्न भारतका लागि जरूरी छ। तर भुटान एउटा सार्वभौम मुलुक भएकोले कुनै पनि हिसाबले उसलाई आफू अधिनस्थ ठान्नु कूटनीतिक अपरिपक्वता हुनेछ।”

कैयौँ देशका लागि राजदूत रहिसकेका भारतीय कूटनीतिबारे जानकार लखनलाल मेहरोत्रा भुटानले बेलाबखत चीनसँग कुराकानी गर्ने गरेको कुरा भारतलाई थाहा भएको बताउँछन्।

उनी भन्छन्, “भुटानले चीनसँग संवाद गर्दा जहिले पनि एउटा अफवाह शुरू हुन्छ कि ऊ चीनसँग हुन थाल्यो। तर भुटानले गोप्य रूपमा यदि चीनसँग कुराकानी गर्छ भने त्यसबारे भारत सजग हुनुपर्छ।”

मेहरोत्राका अनुसार हिन्द महासागर क्षेत्रमा भारतको मैत्री सम्बन्ध रहेका देशहरूमा चीनले आफ्नो प्रभाव बढाउने प्रयास गरेको छ।

उनी भन्छन्, “चीनले एउटा महाशक्ति राष्ट्रका सबै लक्षणहरू देखाइरहेको छ। चीनसँग शक्तिशाली नौसेना छ। उसले अरू देशलाई प्रभावित पार्ने प्रयत्न गर्दै आएको छ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com