आज मन्त्रिपरिषद्ले पूर्णता पाउने, ४ बजे शपथको तयारी


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

 

फागुन १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका ओलीले ११ दिनपछि मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् । आजै ४ बजे शपथ ग्रहणको तयारी गरिएको छ ।

एमाले र माओवादीले ११ र ७ मन्त्रालय बाँडफाँट गरे पनि दुवै दलले सरकारमा पठाउने नाम टुंगो लगाउन सकेका थिएनन् ।

सोमबार बिहान प्रधानन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो । माओवादी केन्द्रले मन्त्रीको नाम ओलीलाई बुझाइसकेको छ । एमालेले पनि नामको टुंगो लगाइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रामबहादुर थापा बादलको नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी हुनेछ । माओवादी केन्द्रको तर्फबाट मन्त्रीका लागि शक्ति बस्नेत, रामबहादुर थापा, वर्षमान पुन, मातृका यादव, विना मगर, गिरिराजमणी पोखरेल र जनार्दन शर्माको नाम प्रधानमन्त्री ओलीलाई माओवादी अध्यक्ष प्रचण्डले बुझाएका छन् । माओवादी स्रोतका अनुसार रामबहादुर थापालाई गृह मन्त्रालयको जिम्मा दिइएको छ । उनी यसभन्दा अघि प्रचण्ड सरकारमा रक्षामन्त्री भएका थिए ।

मओवादी केन्द्रले आफ्नो भागमा परेको मन्त्रालय चित्त नबुझाउँदा अन्य नेताहरुले कुन मन्त्रालयको जिम्मा लिने टुङ्गो लागेको छैन । सोमबार बिहान खुमलटारमा बसेको शीर्ष तीन नेताहरुको छलफलले मन्त्रालयको बारेमा पुर्नविचार गर्नुपर्ने देखिएको माओवादी केन्द्रका एक नेताले बताए । खुमलटारको बैठकपछि मन्त्रीको नामावली बुझाउन र मन्त्रालयबारे पुर्नविचार गराउन माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाट पुगेका थिए ।

त्यस्तै एमालेबाट ईश्वर पोखरेल अर्थमन्त्री बन्ने भएका छन् । पोखरेलसहित एमालेबाट प्रदीप ज्ञवाली, योगेश भट्टराई, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, राजपा परित्याग गरी एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लडेका हृदयेश त्रिपाठीलगायतको नाम चर्चामा छ । यद्यपि स्थायी कमिटीले मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै दिएको छ । एमालेबाट पोलिटव्युरो सदस्य लालबाबु पण्डित र थममाया थापामगर यसअघि नै मन्त्री बनिसकेका छन् ।

राष्ट्रपति कार्यालयले आज अपराह्न ४ बजेका लागि सपथ ग्रहणको तयारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति कार्यालयमा प्रेस सल्लाहकार माधव शर्माले ४ बजे शपथ ग्रहणको तयारी गरेको बताए । “आज शपथ ग्रहण हुने अनौपचारिक जानकारी आएको छ,” उनले भने ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com