सोलुखुम्बुका ६ वटा पसलमा एकैपटक चोरी


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

 

फागुन १४, सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीको बजार क्षेत्रमा एकै चोटी ६ वटा पसलमा चोरी भएको छ । आइतबार राति ६ वटा पसल एकैचोटि चोरी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

चोरीबाट ढोकाको चाबी फोरेर बाकसमा राखिएको नगद करिब ६५ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए।

सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर–५, नयाँ बजारका टुकप्रसाद खनालको कपडा पसलबाट नगद १० हजार, वडा नम्बर–५, कै भगवती बस्नेतको पसलबाट ओप्पोको नयाँ मोवाइल सेटसहित व्यापार गरी राखिएको नगद ३० देखि ४० हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वडा नम्बर–५, को दोर्जी शेर्पाको पसलबाट ५ हजार रुपैयाँ, वडा नम्बर–५, तिनकुनेका केशव खड्काको ७ हजार रुपैयाँ र वडा नम्बर–५, मै रहेको गेहेन्द्र मोबाइल पसलबाट ३ हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ । वडा नम्बर–६, मा लोकेन्द्रबहादुर केसीको तरकारी पसलबाट ५ देखि ७ हजार रुपैयाँ चोरी भएको छ ।

कुनै पसलमा रडको प्रयोग गरेर चोरी भएकोे र कुनै पसलको चाबी खोलेर बाकस तोडफोड गरी नगद चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्नको खोजी कार्य तीव्र पारेको जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com