पुतलीसडकमा रहेको सेयरमार्केट भवनमा आगलागी


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

 

फागुन १४, काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित सेयरमार्केटमा सोमबार बिहान आगलागी भएको छ । आगोलागी नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।

सेयरमार्केटको सबैभन्दा माथिको तल्लामा रहेको क्यान्टिनमा बिहान ९ः५० तिर लागेको आगो पाँच वटा बारुण यन्त्र र सुरक्षाकर्मीहरुको सहयोगमा ३५ मिनेटमा आंशिक नियन्त्रणमा ल्याइएको बताइएको छ ।

बाक्लो घरहरुको रहेको उक्त स्थानमा आगोलागीको कारणबारे थाहा हुन सकेको छैन् । । कतिपयले सिलिन्डर ग्याँस पड्किएर आगो लागेको बताएका छन् । यद्यपी, आगो नियन्त्रणमा आएकाले ठूलो क्षतिबाट भने जोगिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com