बर्दियामा अज्ञात समूहले गराए, बम विस्फोट


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

 

फागुन १३, बर्दिया । अज्ञात समूहले बर्दियाको मधुवन नगरपालिकाको कार्यालयमा बम विस्फोट गराएको छ ।

विस्फोटबाट नगरपालिकाको उपप्रमुख बस्ने कोठाका झ्यालका सिसा फुटेका छन् ।

स्थानीयका अनुसार अनटेस्ट मोटरसाइकलमा आएका दुईजनाले झोला राखेका थिए । झोला राखेर मोटरसाईकल चढेलगत्तै ठूलो आवाजमा बम पड्किएको प्रत्यक्षदर्शीको भनाइ छ ।

टाइम बम हुन सक्ने प्रहरीले अनुमान गरेको छ । विस्फोटबाट मानवीय क्षति नभए पनि भवनको उत्तरतर्फको झयाल तथा नजिकै बन्दै गरेको पार्टी प्यालेसको भवनको सिसा फुटेका छन् ।

घटनामा संलग्नहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । विस्फोटपछि मधुवन नगरका स्थानीय त्रसित बनेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com