विभानस्थलको भन्सार कार्यालयका नासु ५० हजार घुससहित रंगेहात पक्राउ


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

फागुन १३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलको भन्सार कार्यालयमा कार्यरत एक नायव सुब्बा ९नासु० ५० हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

विमानस्थल भन्सार कार्यालयको हीरा, सुन, चाँदीजस्ता बहुमूल्य धातु परीक्षण गर्ने कक्षमा कार्यरत नासु राजदीप शाक्य ५० लाख घुससहित पक्राउ परेका हुन् ।

शाक्यलाई आइतवार साँझ पक्राउ गरिएको अख्यिार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । निजामती सेवामा शाखा अधिकृत पदबाट अवकाशप्राप्त उनी करार सेवामा नासु पदमा कार्यरत थिए ।

नासु शाक्यले दुई टन चाँदी भन्सार पास गराउँदा प्रतिटन २५ हजारका दरले घुस मागेका थिए । सोही सूचनाका आधारमा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com