मन्त्री लालबाबुले लिए एक्सन, ११ उधोग कारबाहीमा


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मापदण्डविपरीत सञ्चालनमा आएका उद्योग र अस्पतालमाथि एक्सन सुरु गरेका छन् ।

उनले वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने गरी सञ्चालनमा ल्याईएका विभिन्न उद्योग र अस्पतालमाथि कारबाही अघि बढाएका छन्।

पहिलो चरणमा मन्त्रालयले उद्योग तथा अस्पताललाई कारबाही गर्ने भएको छ।

कारबाहीमा सोल्टी सिटी अपार्टमेन्ट रविभवन, द्वारिकाज होटल गौशाला, सिटी होटल रविभवन, काठमाडौं गेष्ट हाउस ठमेल, अरनिको आबुखैरेनी सिमेन्ट इन्डस्ट्री तनहुँ, कमला रोलिङ मिल्स प्रालि टंकीसिनुवारी मोरङ, काठमाडौं दुग्ध आयोजना बालाजु लगायत उद्योग तथा संस्थाहरुमा रहेका छन्।

यस्तै वातावरणीय प्रभाव मूल्यांकन मिचेर सञ्चालनमा रहेका अस्पतालमा नेपाल नेसनल अस्पताल कलंकी, अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल महाराजगन्ज, काठमाडौं मोडल अस्पताल र काठमाडौं अस्पताल त्रिपुरेश्वर रहेका छन्।

मन्त्री पण्डितको निर्देशनमा ती अस्पताललाई तत्काल मापदण्डमा ल्याउनका लागि स्वास्थ्य मन्त्रालयमा पत्राचार भइसकेको छ।

उनीहरुलाई वातावरण ऐन २०५३ र निमावली २०५४ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com