स्थानीयले लगाइदिए प्रचण्डलाई, ५५ किलोको माला


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

फागुन १३, रौतहट ।  सडक उद्घाटनका लागि रौतहट पुगेको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्थानीयले ५५ किलोको माला लगाइदिएर सम्मान गरेका छन् ।

रौतहटको गुजरा नगरपालिकाको जंगलसहिया धन्सार सडकखण्डको उद्घाटन गर्न पुगेका प्रचण्डलाई ५५ किलोको माला लगाएर सम्मान गरिएको हो । प्रचण्डसँग माओवादी नेता तथा पूर्वमन्त्री प्रभु साहलाई समेत स्थानीयले सम्मान गरेका हुन् ।

प्रचण्ड प्रधानमन्त्री भएका बेला सडक निर्माणको पहल गरिएकाले स्थानीयले उनलाई ५५ किलोको मालाले स्वागत गरेका हुन् ।

माओवादी नेता साहले आफ्नो विशेष पहलमा जंगलसहिया धन्सार सडक निर्माण गरिएको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com