सामुदायिक वनमा लागेको डढेलोमा परी ३ महिला घाइते


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

फागुन १३, कालिकोट ।  डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका( ५ कागुत्तास्थित सामुदायिक वनमा लागेको डढेलोमा परी ३ महिला गम्भीर घाइते भएका छन्। डढेलोमा परी घाइते भएका महिलाहरूको जिल्ला अस्पताल डोल्पामा उपचार हुन नसकेपछि उनीहरूलाई सुर्खेत पठाइएको अस्पतालले जनाएको छ। प्रहरीका अनुसार डढेलोमा परी घाइते हुनेमा ६२ वर्षीया चाउरी रोकाया, ६० वर्षीया पनरूपा चलाउने र १६ वर्षीया प्रतिमा रोकाया छन्। कागुत्ताको वनमा शुक्रबारदेखि आगलागी भइरहेको छ। हावाहुरीका कारण डढेलो तीव्र रूपमा फैलँदा महिला घाइते भएका हुन्। घाइतेको नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरी सुर्खेत पुर्‍याइएको स्थानीय डिलबहादुर बुढाले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com