नेता रामचन्द्र पौडेलले गरे, काँग्रेसको महाधिवेशन अविलम्ब बोलाउन माग


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

 

फागुन १३, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अविलम्ब महाधिवेशन बोलाउन माग गरेका छन् ।

निर्वाचन समीक्षा र नेतृत्वका बारेमा बैठकमा छलफल गर्ने एजेण्डा नभएपनि वरिष्ठ नेता पौडेलले निर्वाचनमा भएको काँग्रेसको हारबारे समीक्षा गर्न महाधिवशनको माग गरेका हुन् ।

संसदीय दलको नेता रक राष्ट्रपति निर्वाचनमा केन्द्रित केन्द्रीय समिति बैठकमा पौडेलले अविलम्ब महाधिवेशनमा जानुपर्ने विषय उठाएको युवा नेता गगन थापाले बताए ।

बैठकमा संसदीय दलको नेता चयन, राष्ट्रपति निर्वाचन र छायाँ सरकारका विषयमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

जारी बैठकमा हालसम्म एक दर्जन केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको शर्माले बताए ।

यसैबीच विधान परिमार्जन गर्ने विषयमा बैठकमा आफुले असहमति जाहेर गरेकोे नेता अर्जुननरसिंह केसीले बताए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com