नेता रामचन्द्र पौडेलले गरे, काँग्रेसको महाधिवेशन अविलम्ब बोलाउन माग


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

 

फागुन १३, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अविलम्ब महाधिवेशन बोलाउन माग गरेका छन् ।

निर्वाचन समीक्षा र नेतृत्वका बारेमा बैठकमा छलफल गर्ने एजेण्डा नभएपनि वरिष्ठ नेता पौडेलले निर्वाचनमा भएको काँग्रेसको हारबारे समीक्षा गर्न महाधिवशनको माग गरेका हुन् ।

संसदीय दलको नेता रक राष्ट्रपति निर्वाचनमा केन्द्रित केन्द्रीय समिति बैठकमा पौडेलले अविलम्ब महाधिवेशनमा जानुपर्ने विषय उठाएको युवा नेता गगन थापाले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकमा संसदीय दलको नेता चयन, राष्ट्रपति निर्वाचन र छायाँ सरकारका विषयमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

जारी बैठकमा हालसम्म एक दर्जन केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको शर्माले बताए ।

यसैबीच विधान परिमार्जन गर्ने विषयमा बैठकमा आफुले असहमति जाहेर गरेकोे नेता अर्जुननरसिंह केसीले बताए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com