प्रचण्ड सबैभन्दा प्रभावकारी नेता हुन् : ईश्वर पोखरेल (भिडियो)


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

शुभशंकर कंडेल

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले नेपाली राजनीतिमा प्रचण्ड सबैभन्दा प्रभावकारी नेता रहेको बताएका छन् ।

एबीसीको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै महासचिव पोखरेलले ‘प्रचण्डले नेपालका नेताहरुमध्ये सबैभन्दा गम्भीरता र प्रभावकारी रुमपा आफ्नो कुरा राख्ने र त्यही बाटोमा डोर्याउंदै आएको’ विश्लेषण गरेका छन् ।

पोखरेलले एक अर्को प्रसंगमा भने ‘कम्युनिस्ट सरकारले आफ्ना प्रतिवद्धतामा डिस्टिंगशन ल्याउने’ दावी गरे । उनी आफू समेत जनताक नजरमा एक नयां परीक्षा दिन गइरहेको बताए ।

पार्टी एकताको पहल र निश्कर्षमा पुर्याउने काममा ओली र प्रचण्डले निकै ठूलो योगदान गरेको उनको विश्लेषण छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com