प्रदेश ५ को आजका लागि आव्हान गरेको बैठक फागुन २७ मा


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

फागुन १३, रुपन्देही । प्रदेश नम्बर ५ मा आजका लागि आव्हान गरिएको प्रदेश सभाको बैठक फागुन २७ गतेका लागि सरेको छ ।

बैठकमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सेवा सुविधा तोक्ने र आर्थिक विधेक नियमावली बनाउने कार्यसूची थियो । तर, प्रदेशसभामा छलफल गर्ने विषयवस्तुमा तयारी नपुगेको भन्दै बैठक सारिएको हो ।

कार्यव्यवस्था परामर्श समितिको परामर्श अनुसार बैठक सारिएको हो । २७ गतेको बैठकमा सरकारले विश्वासको मत लिने तयारी गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com