एमालेबाट को को मन्त्री बन्दै ? (नाम सहित)


प्रकाशित मिति : फाल्गुन १२, २०७४ शनिबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मन्त्रीहरुको सूची बनाउन व्यस्त छन् । एमाले अध्यक्ष ओली निकट स्रोतका अनुसार, ओलीले शनिबार मन्त्रीको सूची तयार गरेर आइतबार सपथ गराउने तयारी गरिरहेका छन् ।

एमालेबाट महासचिव ईश्वर पोखरेल उपप्रधानमन्त्रीसहित अर्थ तथा योजना मन्त्री बन्दैछन् । यसैगरी, सचिव प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री बन्नेछन् । यी दुई मन्त्रालयको करिब करिब पक्कापक्की भइसकेको छ ।
यसैगरी, उपमहासचिव विष्णु पौडेल वा सुरेन्द्र पाण्डे रक्षामन्त्री बन्ने सम्भावना छ । सचिव गोकर्ण विष्ट संघीय मामिला तथा सामान्य प्रशासन वा सूचना संचार तथा विज्ञान प्रविधि मन्त्री बन्ने सम्भावना छ । युवा नेता भानुभक्त ढकाल कानुन तथा न्याय संसदीय मामिला मन्त्री बन्ने चर्चा छ । यसैगरी, रवीन्द्र अधिकारी भौतिक पुर्वाधार यातायात मन्त्री बन्ने सम्भावना छ । युवा नेता जगत विश्वकर्मा पर्यटन मन्त्री र गोकुल बास्कोटा शिक्षा खेलकुद तथा संस्कृति मन्त्री बन्ने चर्चा छ । मन्त्रीको चर्चामा योगेश भट्टराई, महेश बस्नेत, राजेन्द्र गौतम, पार्वत गुरुङ, नारदमुनि राना, गणेश ठगुन्ना पनि छन् ।
रघुवीर महासेठ, पदमा अर्याल, किसान श्रेष्ठको पनि चर्चा रहे पनि पछिल्लोपटक उनीहरुको सम्भावना न्यून भएको स्रोतको दाबी छ । राजपाबाट छुटिएको मधेशी नेताहरुको स्वतन्त्र समूह (हृदयेश त्रिपाठी समूह) बाट बृजेशकुमार गुप्ता बन्ने सम्भावना छ ।

एमाले स्थायी समितिको शुक्रबारको बैठकले संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री छान्ने जिम्मा दिएको थियो ।

एमालेले पाएका मन्त्रालयहरु

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

अर्थ तथा योजना मन्त्रालय
रक्षा मन्त्रालय
भौतिक पुर्वाधार यातायात मन्त्रालय
सूचना संचार तथा विज्ञान प्रविधि मन्त्रालय
शिक्षा खेलकुद तथा संस्कृति मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
कानुन तथा न्याय संसदीय मामिला मन्त्रालय
परराष्ट्र मन्त्रालय
पर्यटन मन्त्रालय

माओवादी केन्द्रले पाएका मत्रालयहरु

गृह मन्त्रालय
उर्जा जलविद्युत तथा नविकरणीय मन्त्रालय
शहरी विकास,आवास खानेपानी तथा सरसफाइ मन्त्रालय
वन वातावरण जलवायु परिवर्तन मन्त्रालय
श्रम रोजगार तथा महिला बालवालिका जेष्ठ नागरिक मन्त्रालय
कृषि, सिचाई खाद्य सुरक्षा सहकारी तथा भुमिसुधार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com