विदेशिदा एक्लै, फर्किदा गर्भ


प्रकाशित मिति : फाल्गुन १२, २०७४ शनिबार

–महिला खबर–

काठमाडौं । गोरखा सिर्दीवासकी ३१ वर्षीया कमला गुरुङ (नाम परिवर्तन) एक महिना अघि कुवेतबाट नेपाल फर्किइन् ।

भारतको बाटो हुँदै अवैधानिक रुपमा कुवेत पुगेकी उनी नेपाल फर्किदा कुनै रौनकता थिएन । एक्लै कुवेत पुगेकी कमला नेपाल फर्कदा गर्भ बोकेर आइन् । यस्तो अवस्थामा उनी न घर नै जान सक्थिन्, नत आफन्तकोमा नै । उनले काठमाडौंकै एक पुनस्र्थापना केन्द्रको सहारा लिन पुगिन् । पुनर्स्थापना केन्द्रमै उनले छोरी जन्माइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी विवाहित हुन् । दुई सन्तान छोडेर विदेश गएकी उनका श्रीमान पनि गाउँमै छन् । विदेशमा पैसाँ कमाउला, सुःखसँग परिवार पालौला भन्ने आस बोकेर एजेन्ट मार्फत कुवेत गएके उनले बताइन् ।

भारतमा ट्रान्जिटको क्रममै उनी एजेन्टबाटै बलात्कृत भइन् । जसको कारण उनी गर्भवती बनिन् । उनी कुवेत पनि पुगिन् । तर ६ महिना मात्रै बस्न पाइन् । गर्भवती भएको थाहा पाउने वित्तिकै मालिकले नेपाल फर्काइदिए । विदेश जाँदा उनका श्रीमान काठमाडौंसम्म पुर्याउन आएका थिए । लिन न श्रीमान नै आए, न परिवारका कुनै सदस्य नै ।

भारतबाट कुवेत लैजानका लागि उनलाई दलालले तीन महिना नयाँ दिल्लीमा राखे । सोही क्रममा दिल्लीमै बलात्कारको पीडा खेपिन् उनले । जसका कारण उनी यतिबेला घर न घाटकी हुन पुगिन् ।

मोरङकी ३२ वर्षीया बिमला माझि (नाम परिवर्तन)को समस्या पनि त्यस्तै छ । दुई वर्षअघि घरेलु कामदारको रुपमा पहिलो पटक भारतको बाटो हुँदै एजेन्ट मार्फत कुवेत पुगेकी उनी मालिकको कान्छो छोराबाटै बलात्कृत भइन् ।

उनका पनि गाउँमा तीन सन्तान छन् । एक महिनाअघि उनी नेपाल फर्किइन् । नेपाल फर्कदा उनको अवस्था पनि कमलाको जस्तै थियो । श्रीमानबाट सम्वन्ध विच्छेद गरेकी विमला छोराछोरी पाल्नकै लागि कुवेत पुगेकी थिइन् । उनलाई पनि घर जाने अवस्था छैन् । यस्तो अवस्थामा घर फर्कदा समाजले के भन्ला भन्ने डरमा छिन् उनी । डाक्टरले उनी सुत्केरी हुने दिन यही फागुन १५ गतेका लागि दिएको पुनस्र्थापनाकी एक कर्मचारीले बताइन् ।

रौतहटकी ३२ वर्षीया रुपा तामाङ (नाम परिवर्तन) ले चाहेर पनि आफ्नो गर्भमा रहेको सन्तान जन्माउन सकिनन् । उनले गत हप्ता मात्रै गर्भ तुहाइन् । उनी पनि एक महिनाअघि गर्भसँगै नेपाल फर्किएकी थिइन् ।

चार महिनाअघि अवैधानिक रुपमा भारतबाट दुवइ पुगेकी रुपा त्यहाँ बस्न समस्या भएपछि नेपाल फर्कन चाहन्थिन् । नेपाल फर्कन सहयोग गर्छु भनेपछि एक नेपालीको सम्पर्कमा बसेकी उनी तिनै नेपालीबाट बलात्कृत भइन् । नेपाल त फर्किइन् तर गर्भ लिएर । समाजको डरको कारण नै उनले गर्भ फाल्न बाँध्य भइन् । उनी पनि विवाहित हुन् । उनका दुई सन्तान छन् ।

वैदेशिक रोजगारीबाट नेपाल फर्किएका महिलालाई समाजमा पुनर्स्थापना हुन समस्या छ । अझ गर्भवती गएर फर्कने महिलाहरूलाई भने झनै समस्या हुने गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूको क्षेत्रका काम गर्दै आएको पौरखी नेपालको तथ्यांक अनुसार सन् २००९ देखि हालसम्म वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमध्ये ४२ जना महिलाहरू गर्भवती भएर नेपाल फर्केका छन् । यस अवधिमा सन् २०१३ मा सबैभन्दा बढी १० जना महिलाहरू गर्भवती भएर फर्केका थिए । सन् २०१२ मा ७ जना, सन् २०१४ मा ६ जना, २०१६ र ०१७ मा पाँच, पाँच जना महिलाहरू गर्भवती भई नेपाल फर्किएको तथ्यांकमा छ ।

विदेशमा रहँदा बलात्कार पछि गर्भवती भई यसरी नेपाल फर्कने अधिकांश महिलाहरू मालिक र नेपालीबाटै यौन हिंसामा पर्ने र गर्भवती हुने गरेका छन् ।

पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङ विदेशबाट फर्कने महिलाहरूलाई हेर्ने दृष्टिकोण नै सकारात्मक नरहेको बताउँछिन् । अझ गर्भवती भएर फर्कने महिलाहरूको अवस्था त झ्न दयानीय नै रहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘कमाउन गएका महिलाहरू उल्टै यौन हिंसाको सिकार हुन्छन् । गर्भ बोकर फर्किनेहरूका लागि न परिवार रहन्छ, न आफन्त, न त छिरछिमेक नै । अनि कहाँ जानेहरू ? राज्य नै जिम्मेवार र जवाफदेही हुनुपर्छ यो विषयमा ।’

यसरी रोजगारीका क्रममा विदेश पुगेर यौन हिंसाका कारण गर्भवती भई स्वदेश फर्किने महिलाहरुलाई त्यसपछि हिंसामाथि हिंसा थपिने गरेको पनि गुरुङको भनाइ छ ।

एक त परिवार साथमा रहदैन । त्यसैमाथि घरमा रहेका छोरीछोरीको मायाले पनि उनीहरु तड्पिन्छन् । एकातिर श्रीमान, छोराछोरी, आफन्त र छिमेकीबाट सहारा नपाउनुको पीडा, अर्कोतिर पराइले दिएको हिंसाको भारी ‘गर्भ’ भइदिन्छ । त्यसमाथि त्यही गर्भलाई जन्म दिदा उसको जन्मदर्ता, नागरिकता, शिक्षादिक्षा लगायतको ठूलो बोझ पनि महिलाकै थाप्लोमा । मञ्जु भन्छिन्, ‘यस्ता खालका पीडत महिलाको संरक्षणको जिम्मा राज्यले लिनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com