कांग्रेस संगठित हुनुको विकल्प छैन : महामन्त्री डा.कोइराला


प्रकाशित मिति : फाल्गुन ११, २०७४ शुक्रबार

फागुन ११, लमजुङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। लमजुङको उदिपुरमा विहिबार साँझ आयोजित एक कार्यक्रममा बोल्दै डा. कोइरालाले यस्तो बताए। नेपाली कांग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भए पनि सबैको चासो कांग्रेसको सुदृढीकरणको लागि भएको उनको दाबी थियो। प्रजातन्त्र सेनानी एवं उदिपुरस्थित जनकल्याण माविका संस्थापक रोहिणीराज त्रिपाठीको शालिक अनावरण गर्न लमजुङ आएका नेता कोइरालाले कांग्रेसलाई फर्केर हेर्दा धेरै योद्धा रहेको भन्दै संगठनलाई पुनःजागरण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। समानुपातिकको मतको आधारमा पनि कांग्रेसलाई विश्लेषण गर्नुपर्ने भन्दै उनले गिरिजाबाबुले भनेजस्तै कांग्रेसलाई संगठित र पुरानै स्तरमा पु¥याउने दाबीसमेत गरे। “कांग्रेसलाई जनमत पटक्कै नभएको हैन” कोइरालाले भने, “जनताको चाहना कांग्रेसभित्रको सुदृढीकरण हो, अब नेतृत्वले यसलाई मनन गर्नुपर्छ।” त्रिपाठीको पहलमा प्राविबाट स्थापना भएको उक्त विद्यालयमा अहिले कक्षा ११ सम्म पठनपाठन हुन्छ। विद्यालयमा व्यावसायिक र प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ।
स्रोत -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com