प्रधानमन्त्री ओलीलाई जन्मदिनमा केकसहित भेट्नेको भिड, चिनियाँ र भारतीय राजदूत पुगे शुभकामना दिन


प्रकाशित मिति : फाल्गुन ११, २०७४ शुक्रबार

फागुन ११, काठमाडौँ । केही दिनअघिमात्र प्रधानमन्त्रीको कार्यभार सम्हालेका प्रधानमन्त्री केपी ओलीलाई भेट्न चाहनेको भिड यतिखेर बालुवाटारमा लागेको छ।

६६ औँ जन्मदिनको शुभकामना दिन भारतीय राजदूत र चिनियाँ राजदूतबीच प्रतिष्पर्धाजस्तै देखिएको छ। शुक्रबार बिहान नौ बज्नु केही मिनेटअघि सबैभन्दा पहिला चिनियाँ राजदूत बालुवाटार प्रवेश गरेकी थिइन् भने एकै मिनेटपछि भारतीय राजदूत मञ्जीवसिंह पुरी बालुवाटार प्रवेश गरेका थिए।

उनको जन्मदिनमा केक बोकेर शुभकामना दिन आउनेहरुको ठूलो भिड अहिले बालुवाटारमा छ। स्थायी समिति बैठक, मन्त्री छान्ने चटारो र व्यस्त कार्यतालिकाबीच प्रधानमन्त्री ओलीले केक काटेर आफ्नो जन्मदिन मनाउने बालुवाटारका एक कर्मचारीले जानकारी दिए।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com