पर्यटन बोर्डमा भ्रष्टाचार भएको ठहर, सुवास निरौलालाई सात वर्ष जेल सजाय


प्रकाशित मिति : फाल्गुन १०, २०७४ बिहीबार

फागुन १०, काठमाडौँ । विशेष अदालतले नेपाल पर्यटन बोर्डमा अनियमितता भएको ठहर गरेको छ । विशेषले बोर्डमा भएको भ्रष्टाचारमा दोषी ठहर गर्दै तत्कालीन प्रमुख कार्यकारी निर्देशक सुवास निरौलालाई सात वर्ष जेल सजाय सुनाएको छ । त्यसैगरी उनीबाट ८० लाख ५१ हजार तीन सय रुपैयाँ विगो असुलीको फैसला पनि विशेष अदालतले lबहीबार गरेको छ ।

यो अनियमितता प्रकरणमा लेखा शाखा प्रमुख अनिलकुमार दासलाई पनि ६ वर्ष कैद फैसला भएको छ । दासलाई ६ वर्ष कैदसँगै ५० लाख २९ हजार ५४ हजार बिगो तथा २४ लाख ३७ हजार चार सय रुपैयाँ जरिवाना भएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलासले उक्त पैसला फैसला सुनाएको हो ।

उनीहरुसँगै अनियमितामा मुछिएका अर्का अभियुक्त वल्र्ड वाइड ट्राभल्सका महेन्द्र खनालबाट हानि नोक्सानीको विगो असुल गराउने फैसला विशेषबाट भएको छ । खनाललाई एक लाख ५४ हजार रुपैयाँ बिगो भराउने ठहर भएको हो । अदालतले अन्य २० जनालाई भने अभियोगबाट सफाइ दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रमुख कार्यकारी निर्देशक निरौलाबाट अनियमितताको बिगो असुल गर्ने निर्णयसँगै थप ५४ लाख ५९ हजार सात सय रुपैयाँ जरिवानासमेत गरिएको छ ।

उनलाई भ्रष्टाचारमा ६ वर्ष र उच्च सार्वजनिक पदाधिकारी भएका कारण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ अनुरुप थप एक वर्ष कैद गरी सात वर्ष जेल सजाय तोकिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डमा एक अर्ब, ३९ करोड, ५० लाख ५३ हजार सात सय रुपैयाँ बराबर भ्रष्टाचार भएको दाबीसहित २०७१ चैत २० गते अदालतमा मुद्दा दायर गरेको थियो । सार्वजनिक खरिद ऐन विपरीत बोर्डको ढुकुटीबाट निरौलाले विभिन्न शीर्षकमा ३३ करोड रुपैयाँ र अन्य पदाधिकारीसहितका कर्मचारीले ४२ करोड रुपैयाँ बराबर भ्रष्टाचार गरेको दाबी अख्तियारको थियो ।

उक्त प्रकरणमा संसद्को सार्वजनिक लेखा समितिलेसमेत छानविन गरी बोर्डमा झन्डै एक अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको निष्कर्ष निकालेको थियो ।

पर्यटन मन्त्रालय र लेखा समितिले निरौलाले नीतिगत रूपमै भ्रष्टाचार गरेको भन्दै उनीमाथि कारबाहीको सिफारिस गरेको थियो । समितिको छानविन प्रतिवेदन र अख्तियारमा परेका उजुरीका आधारमासमेत बयान लिँदै अनुसन्धान अघि बढाइएको थियो ।

निरौलाले गैरकानुनी भुक्तानी, फर्जी बिल र व्यक्तिगत खर्चलगायत शीर्षकमा भ्रष्टाचार गरेको निश्कर्षमा इजलास पुगेको छ । आर्थिक वर्ष २०६८र६९ देखि २०७०र७१ अवधिको आर्थिक विवरणको फाइल तानेर अख्तियारले छानविन गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com