नयाँ शैक्षिक सत्र सुरु, पाठ्यपुस्तक नपुग्दा अध्ययन अध्यापनमा अन्योल


प्रकाशित मिति : फाल्गुन १०, २०७४ बिहीबार

फागुन १०, बेंसीसहर । हिमाली जिल्ला मनाङमा फागुन २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ। तल्लो क्षेत्रमा रहेका नासोङ र चामे गाउँपालिकाका विद्यालयमा पढाइ सुरु भइसकेको छ । तर, पाठ्युपस्तक अझै पुगेको छैन। माथिल्लो क्षेत्रमा पर्ने नेस्याङ र नारफू गाउँपालिकामा भने चैतदेखि मात्रै पढाइ हुन्छ । पाठ्यपुस्तक नआएपछि कसरी अध्ययन अध्यापन गर्ने भन्नेमा अन्योल भएको शिक्षकको भनाइ छ।

पाठ्यपुस्तक अभावमा पढाइ प्रभावित भएको छ। चामे तिमाङस्थित गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले पाठ्यपुस्तक अभावमा पुरानै पुस्तक पढाउन बाध्य भएको बताए। ‘छिटो पुस्तक ल्याउन गाउँपालिकामा भनिरहेका छौँ’, गुरुङले भने, ‘विद्यालय खुलेको एक साता भइसक्यो अझै पुस्तक आएको छैन।’

यस वर्ष १० कक्षा पास गरेका विद्यार्थीले एसईई परीक्षाका लागि पाठ्यपुस्तक आफैंसँग लगेपछि नयाँ विद्यार्थीले पुराना किताबसमेत नपाएको प्रधानाध्यापक गुरुङले बताए। सरकारले शैक्षिक सत्र सुरुसँगै हरेक विद्यार्थीका हातमा पाठ्यपुस्तक पु‍¥याउने घोषणा गर्दै आए पनि हिमाली जिल्लाका विद्यार्थीले समयमै पुस्तक पाउन सकेका छैनन्। नोसोङ गाउँपालिका शिक्षा शाखाका नासु राजेन्द्र देवकोटाका अनुसार गत वर्षको विद्यार्थी तथ्यांक हेरेर पाठ्यपुस्तक माग गरिएको छ। पाठ्यपुस्तक ल्याउन लमजुङको भोटेओडारस्थित सापकोटा स्टेसनरीले जिम्मा लिएको छ।

सदरमुकाम चामेस्थित लोकप्रिय माविका प्रधानाध्यापक सुरेशकुमार थापाले पनि पुस्तक आइनपुगेको जानकारी दिए। पाठ्यपुस्तक नहुँदा विद्यार्थीले स्कुल आउन अल्छी मान्ने गरेको उनको भनाइ छ। जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले पाठ्यपुस्तक व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको बताए। ‘अब पाठ्यपुस्तक र बजेट व्यवस्थापन स्थानीय तहले हेर्छ’, उनले भने। मनाङमा ४ मावि, १० आधारभूत र १३ प्रावि गरी २७ सामुदायिक विद्यालय छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com