१ करोड ४२ लाख अर्काको जग्गा धितो राखेर ऋण लिने पक्राउ


प्रकाशित मिति : फाल्गुन ९, २०७४ बुधबार

फागुन ९, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीले बैंकिङ कसुरका एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको धोविधारामा बस्ने ५५ वर्षीय अशोक हर्ष बज्राचार्य छन् ।

उनी विनायक प्रेसका सञ्चालक समेत हुन् । आफ्नो हक भोग नभएको जग्गालाई आफ्नो देखाएर माछापुच्छ«े बैंकको पुतलीसडकस्थित शाखा कार्यालयबाट उनले १ करोड ४२ लाख रुपैयाँ कर्जा लिएका थिए ।

उनलाई मंगलबार पक्राउ गरी उच्च अदालत पाटनबाट ७ दिनलाई म्याद थप गरी अनुसन्धान थालिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com