बिरामी ल्याउन प्रधानमन्त्री अोलिले पठाए जहाज


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

भीरबाट लडेर गम्भीर घाइते भएकी बाजुरास्थित दुर्गम गाउँ गौमुलकी धर्म रोकायालाई काठमाडौ ल्याउन प्रधानमन्त्री केपी ओलीले चासो देखाएका छन् ।

गत फागुन ३ गते भीरबाट लडेर घाइते भएकी रोकायलाई स्थानीयले नेपालगञ्ज ल्याएर प्रारम्भिक उपचार गरेका थिए । तर, उनको उपचार सम्भव नहुने चिकित्सकले बताएपछि रोकायको परिवार समस्यामा परेको थियो ।

घाइतेको समस्यावारे बाजुर निवासी एमाले पोलिटब्युरो सदस्य कर्णबहादुर थापालाई पनि जानकारी थियो ।  तर थापा व्यक्तिगत रुपमा केही गर्न सक्ने अवस्थामा थिएनन् । घाइते रोकायको अवस्था र आर्थिक अवस्था समेत कमजोर रहेको बुझेका थापाले मंगलबार यो विषय प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीलाई थापाले जानकारी गराएलगत्तै प्रधानमन्त्रीले बिरामी रोकायालाई तत्काल काठमाडौं ल्याउन निर्देशन दिदैं जहाजको प्रबन्ध गराएको र काठमाडौं ल्याउने तयारी भइरहेको नेता थापाले जानकारी दिए ।

घाइते रोकायाको आर्थिक अबस्था अत्यन्त कमजोर रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com