बिरामी ल्याउन प्रधानमन्त्री अोलिले पठाए जहाज


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

भीरबाट लडेर गम्भीर घाइते भएकी बाजुरास्थित दुर्गम गाउँ गौमुलकी धर्म रोकायालाई काठमाडौ ल्याउन प्रधानमन्त्री केपी ओलीले चासो देखाएका छन् ।

गत फागुन ३ गते भीरबाट लडेर घाइते भएकी रोकायलाई स्थानीयले नेपालगञ्ज ल्याएर प्रारम्भिक उपचार गरेका थिए । तर, उनको उपचार सम्भव नहुने चिकित्सकले बताएपछि रोकायको परिवार समस्यामा परेको थियो ।

घाइतेको समस्यावारे बाजुर निवासी एमाले पोलिटब्युरो सदस्य कर्णबहादुर थापालाई पनि जानकारी थियो ।  तर थापा व्यक्तिगत रुपमा केही गर्न सक्ने अवस्थामा थिएनन् । घाइते रोकायको अवस्था र आर्थिक अवस्था समेत कमजोर रहेको बुझेका थापाले मंगलबार यो विषय प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीलाई थापाले जानकारी गराएलगत्तै प्रधानमन्त्रीले बिरामी रोकायालाई तत्काल काठमाडौं ल्याउन निर्देशन दिदैं जहाजको प्रबन्ध गराएको र काठमाडौं ल्याउने तयारी भइरहेको नेता थापाले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घाइते रोकायाको आर्थिक अबस्था अत्यन्त कमजोर रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com