सरकारको महान्यायाधिवक्तामा अग्नि खरेल


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

नँया सरकारले पूर्वमन्त्री अग्‍नि खरेललाई सरकारको महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी गरेको छ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा सरकारको महान्यायाधिवक्तामा उनको नाम सिफारिस गरिएको हो।

यसअघि दुईपटक समानुपातिकबाट सांसद र कानुनमन्त्रीसम्म बनेका खरेल अघिल्लो व्यवस्थापिका(संसदमा एमालेका प्रमुख सचेतक पनि थिए।

केपी ओली निकट खरेललाई उनले कुन जिम्मेवारी दिने हुन् भनेर अड्कलबाजी भइरहेका बेला उनलाई महान्यायाधिवक्ताको जिम्मेवारी दिने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको हो। यद्यपि महान्यायाधिवक्तामा उनको औपचारिक नियुक्ति भइनसकेको पनि स्रोतले जानकारी दियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com