ओली नै पाँच वर्षसम्म प्रधानमन्त्री हुने सहमति भएको छ :  अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

काठमाडौं,८ फागुन । नव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली नै पाँच वर्षसम्म प्रधानमन्त्री हुने सहमति भएको स्पष्ट पार्नु भएको छ ।

आज भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आउदो महाधिवेशनसम्मको चियर पद्धतीमा पार्टीको नेतृत्व रहने स्पष्ट पार्नुभएको छ । अध्यक्ष प्रचण्डले सैद्धान्तिक रुपमा आजैबाट एक भएको पार्टीको अध्यक्ष दुवै नेता रहने बताउनुभयो । उहाँले वैधानिक रुपमा पार्टी दर्ता नभएपनि हिजो रातीबाट नै पार्टी एकीकरण भईसकेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष प्रचण्डले दुई कम्युनिष्ट पार्टीको एकताले सबैमा उत्साह छाएको र देश विदेशको ध्यान समेत तानेको बताउनुभयो । अध्यक्ष प्रचण्डले आगामि दिनमा नेपाल समृद्धिको यात्रामा सफल हुने विश्वास व्यक्त गर्दैमा सबै तहका नेता, कार्यकता तथा जनतालाई बधाई समेत दिनुभयो । एकीकरण हुँदा केही नेताहरुमा असन्तुष्टी छ भन्ने पत्रकारहरुको जिज्ञाशामा उहाँले पार्टी एकीकरण हुँदा कहि कतै असन्तुष्टि नभएको दाबी गर्दै खुशीयाली मनाई रहेको बताउनुभयो ।

यस्तै अध्यक्ष प्रचण्डले एक डेढ वर्ष भित्रमै पार्टीको एकता महाधिवेशन गर्ने जानकारी दिनुभयो । हिजो बेलुका सहमती हुँदा बनेको दुई वटा कार्यदलले केही साता भित्रै दिने प्रतिवेदनको आधारमा पार्टी एकीकरणको औपचारिक घोषणा र पूुर्ण खाका तय हुने अध्यक्षको प्रचण्डको भनाई छ । यस्तै अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनष्टि पार्टीको कुनै अर्थ नरहेको भन्दै आफूहरुको नेतृत्वको पार्टी मात्रै बैधानिक पार्टी रहेको स्पष्ट पार्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com