प्रचण्डको सुरक्षार्थ नया अंगरक्षक खटिए


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षार्थ नया अंगरक्षक पठाइएको छ । लामो समयदेखि प्रचण्डक सुरक्षार्थ खटिएका डिएसपी दानबहादुर मल्लको दरबारमार्ग वृत्तमा सरुवा गरिएपछि नयाँ अंगरक्षकका रुपमा डिएसपी सन्तोषसिंह राठौरलाई पठाइएको हो ।

यसअघि महानगरीय नगर प्रहरी कार्यालय काठमाडौँमा रहेका राठौरलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको ट्राफिक अपराध अनुसन्धान तथा कारबाही शाखामा गएको भदौ महिनामा सरुवा गरिएको थियो। प्रचण्डकै सिफारिशमा हेडक्वार्टरले राठौरलाई अंगरक्षकमा खटाएको हो।

डिएसपी दानबहादुर मल्ललाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा सरुवा गरिएपछि राठौरलाई प्रचण्डको सुरक्षाको जिम्मेवारी दिइएको हो। राठौंरको कमाण्डमा २९ जना नेपाल प्रहरी प्रचण्डको सुरक्षामा खटिनेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसबाहेक सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक खेम ठगुन्नासहित ३० जना प्रहरी पनि प्रचण्डको सुरक्षार्थ खटिदैँ आएको छन्। सुरक्षा थ्रेट बढ्न सक्ने भन्दै ५९ जना प्रहरी प्रचण्डको सुरक्षार्थ खटाइएको गृह मन्त्रालयले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com