पाल्पामा बम विस्फोट, काठमाडौं र हेटौंडामा बम भेटियो


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

नेपाल बन्दको दिन एकाबिहानै पाल्पा सदरमुकाम तानसेनमा बम बिस्फोट भएको छ । पाल्पाबाट मुक्ति गैरेले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार बिहानै ५ बजे ठुलो आवाजसहित बम बिस्फोट भएको हो ।

त्यस्तै मंगलबार नै राजधानी काठमाडौंको मुटु मानिने रत्नपार्कस्थित आरएनएसी अगाडि पनि प्रेसरकुकर बम फेला परेको अपुष्ट खबर छ । बम राजधानीमै बम भेटिएको हल्ला चलेपछि स्थानीयहरु आतंकित बनेका छन । यसबारेमा प्रहरीले भने केहि जानकारी दिएकाे छैन । नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरे ;को नेपाल बन्दको प्रभाव विहानैबाट परेको छ । राजधानी काठमाडौंसहित देशभर लामो र छोटो दुरीका सवारी यातायातका साधनहरु चलेका छैनन् ।

हेटौंडामा प्रेसर कुकर बम फेला, डिस्पोजका लागि सेनालाई बोलाइयो

बिराटनगरबाट आइतबार आफ्ना पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहितका नेताहरुलाई प्रहरीले गिरफ्तार गरेर राखेको विरोधमा नेकपाले आज नेपाल बन्दको आह्वान गरेको हो । बन्दका कारण काठमाडौंका सडकमा सार्वजनिक र निजी सवारी साधन चलेका छैनन् । बजार पसल पनि खुलेका छैनन् । पुर्बदेखी पश्चीमसम्म मधेशका जिल्लाहरुमा पनि सवारीसाधन चलेका छैनन् । यातायात, शैक्षिक संस्था, उद्योगधन्दा कलकारखाना ठप्प छन् ।

बन्दमा सार्बजनिक र निजी सवारीसाधन बाहेक प्रेस, एम्बुलेन्स, शब बहान, दुध बोक्ने गाडी र पानी बोक्ने गाडीजस्ता अत्यावश्यक सवारीसाधनलाई चल्न दिएकाे नेकपाले जनाएको छ । यस्तै बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा अागजनी भएको छ !

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com