मन्त्रिपरिषद्को बैठक बस्दै


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

फागुन ८, काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । मंगलबार बिहान बस्ने बैठकमा सरकार बिस्तार तथा भावी कार्ययोजनाबारे छलफल हुने बुझिएको छ ।

यस्तै राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गर्ने विषयमा पनि कुराकानी हुनेछ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यका लागि तीनजनाको नाम सिफारिस गरिसकेका थिए ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले त्यसलाई निरन्तार दिन्छ कि नयाँ नाम सिफारिस गर्छ भन्ने यकिन भएको छैन ।

सोमबार अवेर एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच एकताको घोषणा भएपछि अब माओवादी पनि सरकारमा जानेछ । त्यसकै तयारीका लागि मन्त्रीपरिषद् बैठक बस्न लागेको हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com