फागुन ७ अब पार्टी एकता दिवस, ‘माओवादी’ जुवाको विश्राम, नेकपा मदनपथमा


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

२००७ सालदेखि फागुन ७ लाई प्रजातन्त्र दिवसका रुपमा मनाउने गरिएकोमा अबदेखि फागुन ७ कम्युनिस्ट पार्टी एकता दिवसका रुपमा मनाइने भएको छ । सोमबार फागुन ७ को अवेर राती नेपालका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माआवादी केन्द्रका बीचमा पार्टी एकता गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुवै पार्टीले अब पार्टीको नामका पछाडिको पुच्छर हटाएर नेकपा मात्र राख्ने भएका छन् ।

कम्युनिस्ट पार्टी स्थानपना हुंदा २००६ सालमा पनि यसको नाम नेकपा मात्र थियो । दुई ठूला र मुख्य पार्टीका बीचमा एकता भएपछि झण्डै ३०वर्ष पछि र विशेषगरी प्रचण्ड नेतृत्वको पार्टीले बोकेको २२ वर्षपछि सन्दर्भहिन माओवादी शव्दावलीको जुवाबाट नेपालको कम्युनिस्ट आन्दोलन फागुन ७गतेबाटै मुक्त भएको छ ।
चिनिया जनक्रान्तिका नायक माओत्सेतुंगको नाममा माओविचारधारा र माअ‍ोवादी भन्दै आएका थिए कतिपय देशका कम्युनिस्ट पार्टीहरुले । तर स्वयं चिनिया कम्युनिस्ट पार्टीेले माओको जीवनकालमा माओविचाराधारा मान्नु पर्ने कुरा उठेको थिएन ।

सन् १९७६ मा माओको निधन भएपछि चिनिया कम्युनिस्ट पार्टीले माओ विचारधारालाई बैधानिक रुपमा मान्न थाल्यो भने सबैभन्दा पहिले गोन्जालोको नेतृत्वको पेरुभियन कम्युनिस्ट पार्टी साइनिंगपाथ र अमेरिकाको नाममात्रको आरसीपी अमेरिकाले माओवाद मान्न थालेको हो । त्यसैको प्रभावमा परेर नेपालमा प्रचण्ड नेृत्वको पूर्व समूहहरुमा यो निकै ठूलो बहसको विषय भएको थियो ।

०४५ सालदेखि तात्कालीन मशालले माओवादलाई सिद्धान्त बनाएको थियो भने ०४७ मा निर्मललामाहरुसंग एकता भएर पार्टीको नाम नै एकताकेन्द्र भएपछि माओवाद र विचारधारा बहसको विषय भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

०५१ सालमा प्रचण्ड नेतृत्वको समूहले एकताकेन्द्रबाट लामाहरुलाई हटाएर पार्टीको नाममा नै माओवादी राखेर जनयुद्धमा गयो । जनयुद्धकालभरि युद्धको मुख्य कार्यनीति र रणनीति नै माओवाद मानियो । त्यसभन्दा अघि बढेर पेरुकै गोन्जालोको नक्कल गर्दै प्रचण्ड पथ समेत भनियो । पेरुमा गोन्जालो विचारधारा भन्न थालिएको थियो त्यतिबेला । ०६५ सालमा पुनः नारायणकाजी श्रेष्ठहरु प्रचण्डसंग मिल्न आइसकेपछि केही समय बहसमा लगिएको माओवादी त्यो पार्टीले जबर्जस्ती सिद्धान्त मान्दै आएको हो ।

माओवादीको हेटौंडा महाधिवेशनमा आइपुग्दा माअ‍ेवादी बहुदलीय जनवादी भइसकेको थियो तर सिद्धान्तबाट संसारभर बद्नाम भइरहको माओवादी जुवा हटाउन सकेको थिएन । प्रचण्ड धेरै पहिलेदेखि नै यो जुवाबाट मुक्त हुन चाहन्थे । तर उपयुक्त बहाना पाएका थिएनन् । उता चिनिया नेताहरु नेपालमा आफ्ना संस्थापक क्रान्ति नायक बद्नाम भएकोमा दुखी थिए । बांकी पश्चिमा विश्वले माओवादलाई विन लादेनको अलकायदालाई जस्तौ आतंककारी मान्दथ्यो । त्यसले शान्ति प्रत्रियामा आएपछि माओवादी पार्टी दबाबमा परेको सोही पार्टीका नेताहरु बताउंछन् ।

अर्कातिर पूर्व चौथो महाधिवेशनका समूह माओविचारधाराले नपुगेर माओवाद भन्न लागिरहेको बेला ०४६ सालमा मदन भण्डारीको नेतृत्वको नेकपा मालेले पार्टीको मार्गनिर्देशक सिद्धान्तबाट माओविचारधारा हटाएर पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनबाद मात्र अंगिकार गरेको थियो । त्यसपछि ०४९ सालमा मदन भण्डारीले पार्टीको कार्यक्रमिक सिद्धान्तका रुपमा जनताको बहुदलीय जनावादको अवधारणा अघि सारेर विश्वव्यापी एकदलीय तानाशाही कम्युनिस्ट भन्ने दुष्प्रचारको राम्रो खण्डन गरेका थिए ।

मदन भण्डारीको दूर दृष्टिमा अन्तत २५ वर्षपछि नेपालको सिंगो कम्युनिस्ट आन्दोलन औपचारिक रुपमै सहमत भएर ऐतिहासिक फड्को मारेको छ । कुनै नामाकरण नभनिकन भन्दा अब नेपलाको कम्युनस्ट आन्दोलन मदन भण्डारी पथमा समेटिएको छ । यसले २५ वर्ष अघिको मदन भण्डारीको दूरदृष्टि पुनपुष्टि भएको छ । छरिएका सबै कम्युनिस्टहरुलाई एक ठाउंमा खडा भएका छन् ।

सोमबार भएको दुई पार्टीबीचको सहमति पत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद लेनिनबाद मान्ने घोषणा गरेको छ । संगसंगै जनताको बहुदलीय जनवादको सारतत्व सहर्ष स्वीकार गरेका छन् दुबै दलले ।

केही दिनदेखि जबजलाई कसरी मान्ने भन्ने विषयमा विवाद हुंदै आएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com