यो रोबोटले मालिकका लागि ढोका खोलिदिन्छ


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

 

फागुन ७, काठमाडौं, — अमेरिकी रोबोटिक कम्पनी बोस्टन डाइनामिक्सले नयाँ रोबोट बनाएको छ । यो रोबोटले मालिक घर आएपछि ढोका खोलिदिन्छ ।

सन् २०१६ मै कम्पनीले यो रोबोट बनाएको थियो तर अहिले यसलाई अप्डेट गरेर भिडियोमार्फत शेयर गरिएको हो । यो विद्युतीय रोबोट लगभग २।८ इन्च अग्लो छ ।

यसमा सेन्सरहरू लगाइएको छ अनि डेप्थ सेन्सिङलाई सपोर्ट गर्ने क्यामरा पनि छ । जमीनको गहिराइ र अप्ठ्यारा बाटाहरूलाई पत्ता लगाउन क्यामराले रोबोटिक सिस्टमलाई सहायता गर्छन् ।

बोस्टन डाइनामिक्स कम्पनीले बिग डग रोबोट बनाएर संसारभरि प्रसिद्धि कमाएको छ । उक्त रोबोटलाई सेनाका लागि १५० किलोग्राम तौल बोक्नका लागि तयार पारिएको थियो । रोबोट एकचोटिमा ६।४ किलोमिटर हिँड्न सक्थ्यो ।

पछि पनि कम्पनीले नयाँ नयाँ रोबोट बनाएर रोबोटिक प्रविधिलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com