बालुवाटारभित्र फरार सिलवाल, प्रहरी टोली बालुवाटार बाहिर


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

 

फागसन ७, काठमाडौँ । सरकारी छाप तथा दस्तखत कीर्ते मुद्धामा फरार रहेका पुर्व डीआईजी नवराज सिलवाल करिब अढाई महिनापछि सार्वजनिक भएका छन्। स्रोतका अनुसार उनी अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरिरहेका छन्।

सर्बोच्च अदालतको आदेशपछि गत पुस ५ गते काठमाडौं जिल्ला प्रहरी परिसरमा सरकारी छाप तथा दस्तखत कीर्ते मुद्धामा प्रहरीले अनुसन्धान अगाडि बढेको थियो। प्रहरीले अनुसन्धानका लागि सिलवालको खोजी गरेपनि उनी भुमिगत भएका थिए।

आईजिपी नियुक्ति विवादमा तत्कालीन डीआईजी सिलवालले कार्य सम्पादन मुल्या‌ंकन फाइल कीर्ते गरेको आरोप छ। प्रहरीले सिलवाल नभेटेपछि सरकारी वकिललाई मुद्धा बुझाएको थियो। तर सरकारी वकिलले मुद्धा दर्ता गरेका छैनन्। उनी बालुवाटार पुगेको थाहा पाएर प्रहरी टोली पनि बालुवाटारबाहिर पुगे पनि पक्राउ आदेश नभएको भन्दै पर्खिरहेका छन्।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

सिलवालले आईजिपी नियुक्ति विवादमा मुद्धा हारेपछि पदबाट राजिनामा दिएर एमाले प्रवेश गरेका थिए। गत प्रतिनिधिसभा निर्वाचनमा उनी ललितपुर क्षेत्र नम्बर एकबाट निर्वाचित भएका थिए। तर सर्वोच्च अदालतले सिलवालले अदालतमा पेश गरेको कासमु कीर्ते भएको ठहर गर्दै कीर्तेमा स‌ंलग्नलाई कारबाही गर्न निर्देशन दिएपछि आईजिपी विवादमा नयाँ मोड देखिएको थियो।

सिलवालले भने आफुलाई नेपाली कांग्रेस नेतृत्वको सरकारले फसाउन खोजेको दाबी गर्दै स्वतन्त्र छानबिनको माग गर्दै आएका छन्। केही दिन अघि देउवाले सरकार छाडेसँग सिलवालले सामाजिक सन्जालमा उनीविरुद्ध आपत्तीजनक अभिव्यक्ति दिएका थिए। आईजिपी विवादमा एमालेको पुर्ण साथ पाएका सिलवाल पार्टी अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री ओली निकट मानिन्छन्। राजनीतिमा सिलवाल प्रवेश गरेसँगै‌ं ओलीले चुनावी सभामा सिलवाललाई मन्त्री बनाई दिने अभिव्यक्ति दिएका थिए। सोमबार बिहान मात्र सिलवाल निकट मानिने पत्रकार मदन बाबु भन्डारीले उनीसँग खिचिएको ताजा तस्विर भन्दै सार्वजनिक गरेका थिए।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com