पूर्वमा सिआइवीको अप्रेसन:संचालक र कर्मचारीको भागमभाग,८ जना पक्राउ !


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

देबेन्द्र कार्की ।वित्तिय अपराध मौलाएको भन्दै केन्द्रीय अनुशन्धान ब्यूरो सिआइवीको टोलीले पूर्वका विभिन्न शहरमा अप्रेसन सुरु गरेको छ । ब्युरो र क्षेत्रीय अनुसन्धान टोलीले आइतबार र सोमबार ६ वटा अवैध कम्पिनीमा छापा मारी आठ जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए

सिआइवीको टोलीले सोमबार धरान, इटहरी र विराटनगरमा एकै पटक छापा मारेको थियो । सोमबार दिउँसो तरहराको गोल्डेन चौकस्थित पशुपति गहना गृहमा छापा मारेको डिएसपी औलियाले बताए ।सिआइवीको नेतृत्व र क्षेत्रीय व्युरो विराटनगरको अगुवाईमा भईरहेको पछिल्लो कारवाहीमा सुनचाँदी व्यवसायी तथा इन्भेष्टमेन्ट कम्पनी खोलेर वित्तिय कारोबार गर्नेहरुलाई विशेष निगरानी राखेको छ ।

आइतबार टोलीले धरानको हँलेसी गहना गृहमा छापा मारेर संचालक दम्पतीलाई पक्राउ गरेको थियो । संचालक चन्द्र विक र अनिता विकलाई खातापातासहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

उनीहरुले हलेसी इन्भेष्टमेन्ट प्रालिमार्फत करोडाैंको कारोबार गरेको खुलेको छ । करिव सात करोड कारोवार गरेको पासबुक, हिसाव खातासहित उनीहरुलाई नियन्त्रणमा लिएको इप्रकाका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुवैलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भईरहेको डिएसपी पौडेलले बताए । ‘सिआइवीको टोलीले आज पनि धरानस्थित बरगाछीमा रहेको एक कम्पनिमा छापा मारेको तर केही भेटिएन । आज पनि छापा जारी रहेको छ ।’ डिएसपी पौडेलले भने । धरानमा भएका बैंकिङ घोटालाका विषयमा सुनचाँदी व्यवसायीले पनि अवैधरुपमा पासवुक नै बनाएर वचत संकलन तथा धितो कारोवार गर्ने गरेको भेटिएको थियो ।

पक्राउ पर्नेमा आपन ईन्भेष्टमेन्ट प्रा.लि., ईटहरीका ४० वर्षीय भीमप्रसाद चौधरी र श्याम पेशकार थारु, चौतारी ईन्भेष्टमेन्ट प्रा.लि. विराटनगरका संचालक राजु साह, मन्सुन ईन्भेष्टमेन्ट प्राईभेट लिमिटेड, ईटहरी संचालक सुनिल गुरागाई छन् । उनी ४ नंं वडा का वडा सचिव समेत हुन् ।

यस्तै छिन्ताङ् ईन्भेष्टमेन्ट प्रा.लि. ईटहरी डिल्लीप्रसाद आचार्य र प्रकाश आचार्य पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद भर्पाई रसिद प्याड, खाली रसिद प्याड, भरेको बचत पासबुक थान, खाली बचत पासबुक थान, दैनिक नगद संकलन चार्टलगायत सामान बरामद गरिएको डिएसपी औलियाले जानकारी दिए ।

सुन पसलेहरुले सुन कारोवारभन्दा सुन धितो राखेर महंगो व्याजमा ऋण प्रवाह गर्दै आएका छन् । बजारमा च्याउसरी खुलेका सुनचाँदी व्यवसायीले आफ्नो मुख्य धन्धा नै ऋण प्रवाहलाई बनाएका छन् ।

सुनसरीमा मात्रै ५० भन्दा वढी कम्पनीले वचत संकलन र लोन प्रवाहको काम गरिरहेको सिआइवी स्रोतले जानकारी दिएको छ । वैंकबाट सस्तो व्याजदरमा लोन निकालेर ईन्भेष्मेन्ट कम्पनीका नाममा चर्को व्याज असुल्ने गरेको वताईएको छ । कम्पनी रजिष्टार कार्यालयमा कम्पनी दर्ता गरेकै भरमा खुलमखुल्ला यस्ता कम्पनी संचालन हुँदै आएका छन् ।

राष्ट्र वैंक र सहकारी विभागबाट अनुमति नलिकन वचत संकलन तथा ऋण प्रवाहको काम गर्न नपाइने कानुनी व्यवस्था छ । तर ईन्भेष्टमेन्ट कम्पनी दर्ता गरेर वैंकीङ कारोवार गदेै आएका छन् । आम्दानीको स्रोत नखुल्ने पैसा करोडौं रुपैया ईन्भेष्टमेन्ट कम्पनीमा होल्ड भएर वसेको सिआइवीका अधिकारीले बताएका छन् ।

यसरी भयो अप्रेसन

करिव ६ महिनाअघि धरानका केही बैकहरुमा घोटाला भएको सामाचार सार्वजनिक भएको थियो । सुन व्यवसायी संजय राईको पुतलीलाईन स्थित सुन पसलमा छापा मार्ने क्रममा सिआईवीले ईम्यानुएल ईन्भेष्टमेन्ट कम्पनीको नामका पासवुक र कागजात फेला पारेको थियो ।

६ महिना अघि भेटिएको ईम्यानुयल ईन्भेष्टमेन्ट कम्पनीको खोजीमा कम्पनी रजिष्टारको कार्यालमा जाँदा पूर्वमा मात्रै एकसय वढि ईन्भेष्टमेन्ट कम्पनी संचालनमा रहेको नयाँ तथ्य भेटिएपछि अप्रेशन शुरु गरिएको सिआईवीका एक अधिकारीले जानकारी दिएका छन् ।

संचालक र कर्मचारीको भागमभाग

सिआइवीले ईन्भेष्ट कम्पनी , तिनका संचालक र कर्मचारी पक्राउ गर्न थालेपछि ईन्भेष्ट कम्पनीको धन्धा चलाउँदै आएकाहरुमा भागदौड मच्चिएको छ । ईन्भेष्टमेन्ट कम्पनीका कार्यालयहरु ताला लगाएर संचालक, लगानीकर्ता र कर्मचारीहरु एकाएक फरार भएका छन् ।

सिआइवीले सुनचाँदी पसलमा छापा मारेर पासवुकसहित संचालकलाई नियन्त्रणमा लिएपछि सुनचाँदी व्यवसायीमा आतंक मच्चिएको छ । प्रायः सुन पसलहरुले सुन कारोवार भन्दा पनि सुन धितो राखेर महगो व्याजमा ऋण प्रवाह गर्दै आएका छन् । बजारमा च्याउसरी खुलेका सुनचाँदी व्यवसायीले आफ्नो मुख्य धन्धा नै ऋण प्रवाहलाई बनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com