नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही तीन लाख दिने


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

विश्वकप छनोट खेलमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ३ लाख दिने भएको छ।

क्रिकेट टोलीको सम्मानमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी र प्रशिक्षकलाई ३/३ लाख दिने घोषणा गरे। यस्तै खेलाडीहरुलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि १/१ लाख रुयैयाँ दिने भएको छ।

नामिवियामा भर्खरै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बन्दै नेपाल विश्वकप छनोटमा पर्न सफल भएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com