प्रधानमन्त्री ओली ले कखी च्यापेका भुमीगत सिलवाल को आयो सनसनी पुर्ण खबर


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

काठमाडौं । शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिनु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनु एकै दिनप-यो । सम्भवतः यो पहिलो घटना हो । ओली प्रधानमन्त्रीमा नियुक्त भई सकेपछि नेपालको राजनीति ओलीमय बनेको छ । त्यसलाई मसला थप्ने काम नेकपा माओवादी केन्द्रले एमालेसँगको पार्टी एकीकरणकले गरेको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीबाट दुई नेतालाई मन्त्रीमा नियुक्ती गरे । तर, चुनावदेखि सहयात्री दल बनेको माओवादी केन्द्रले भने अहिलेसम्म केन्द्रमा मन्त्री नियुक्त गर्न नामावली पठाएको छैन् । पार्टी एकताको टुंगो लागेपछि मन्त्रीको नामावली पठाउने तयारी गरिरहँदा एमालेमा नयाँ विषयले अर्को चर्चा पाएको छ । आईजीपीको प्रकरण र प्रतिनिधिसभा निर्वाचनसम्म अहिले पनि चर्चामा रहेका नवराज सिलवाललाई ओलीले च्यापेपछि चर्चा चुलिएको हो ।  ओलीले बोलेपछि  तरङ्ग मात्र ल्याउँदैनन् बोलेको पनि पूरा गरिछाड्छन् भन्ने गरिन्छ । सपना धेरै देख्ने र सपना पूरा गर्न एक्सनमा पनि जाने नेताको परिचय बनाएका ओलीले आर्इजीपी प्रकरणमा नवराज सिलवालमाथि अन्याय भएकोमा कडा अभिव्यक्ति दिइरहे ।

सिलवाललाई बचाउन ओलीले के–के गरे ? 

सिलवाल आर्इजीपी नबन्ने निश्चित भएपछि राजीनामा दिनु अगावै एमालेले सांसद बनाउने घोषणा समेत गरे । ओलीले बोलेपनि धेरैले विश्वास गरेका थिएनन् । कतिपयले समानुपातिकतर्फ नाम राख्नसक्ने अनुमान गरे । तर, ओलीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ललितपुर क्षेत्र नम्बर १ को उम्मेदवार बनाएरै छाडे ।चुनावमा टिकट पाएपछि नवप्रवेशी सिलवाललाई जित हासिल गर्न कठिन ठानिएको थियो । उनका प्रतिस्पर्धी निवर्तमान सांसद तथा अर्थराज्यमन्त्री उदयशमशेर राणा हुनुले समेत सिलवालले जित्लान् भन्नेमा आशंका गरिएको थियो । राणाले ललितपुर क्षेत्र नम्बर १ मा विकास बजेट धेरै खन्याएका र राष्ट्रिय राजनीतिमा समेत छाएकाले हेभिवेट नेता मानिएको थियो । तर, धेरैको आशंकालाई मेट्दै सिलवालले छ हजार बढी मतान्तरले जित दर्ता गरे ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

सिलवालले जितेपछि उनको राजनीतिक भविष्यबारे चर्चा हुन थालेको छ । ओलीले सिलवाललाई सांसद मात्र नभई गृहमन्त्री बनाउने घोषणा समेत गरेका थिए । ओलीको यही घोषणाले मतदातालाई प्रभावित पारेको थियो । भावी गृहमन्त्री ठानेर धेरै मतदाता उनीप्रति आकर्षित भए । त्यसमाथि उनीमाथि अन्याय भएको विषयले मतदातालाई प्रभावित पारेको थियो ।जे बोल्यो त्यो गर्ने नेताको परिचय बनाएका ओलीले सिलवाललाई गृहमन्त्री बनाउलान् रु प्रतिक्षाको विषय बनेको छ । एमालेमा धेरै हस्तीहरू चुनाव जितेर आएका छन् । गृहमन्त्रीको अनुभव सँगालिसकेका भीम रावल देखि आकांक्षी विष्णु पौडेल, इश्वर पोखरेल सम्मका नेताहरू छन् ।

हस्तीहरूलाई पन्छाएर ओलीले सिलवाललाई अवसर दिनेमा धेरैको आशंका छ । सिलवाललाई गृह दिएपनि राज्यमन्त्रीको जिम्मेवारी मिल्ने अनुमान समेत गरिएको छ । तर, बोलेपछि गरिछाड्ने ओलीले वाचा पूरा नगर्लान् भन्न सकिन्न ।देउवाले सिलवाललाई आर्इजीपी बन्नबाट रोकेकोमा ओलीको गहिरो असन्तुष्टि थियो । यस घटनाले उनलाई बिझेको थियो भन्ने सिलवाललाई सांसद सम्म बनाउन भूमिका खेलेबाट प्रष्ट हुन्छ । ओली देउवालाई देखाउनका लागि भएपनि सिलवाललाई गृहमन्त्री बनाउन सक्छन् । विगतमा एमालेभित्र आफ्ना विरोधी हस्ती युवा नेताहरूलाई देखाउन चुनाव हारेका महेश बस्नेतलाई मन्त्री बनाएका थिए ।

कर्णबहादुर थापालाई समेत मन्त्री बनाए । ओलीमा ‘राजहठ’ रहेको विगतका घटनाले देखाउँछ ।यही हठले उनलाई राजनीतिको यो उचाईमा पु¥यायो । उनको हठले सिलवाललाई गृहमन्त्री सम्म बनाउन सक्छ । उनी गृहमन्त्री बनेमा प्रहरी मुख्यालयमा रोचक दृश्य देखिनेछ ।उनका प्रतिष्पर्धीहरू आर्इजीपी प्रकाश अर्याल र जयबहादुर चन्द सम्मले सलाम ठोक्नुपर्ने हुन्छ । ओलीको बोली व्यवहारमा परिणत भएमा त्यो दिन नआउला भन्न सकिन्न

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com