प्रधानमन्त्री ओली ले कखी च्यापेका भुमीगत सिलवाल को आयो सनसनी पुर्ण खबर


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

काठमाडौं । शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिनु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनु एकै दिनप-यो । सम्भवतः यो पहिलो घटना हो । ओली प्रधानमन्त्रीमा नियुक्त भई सकेपछि नेपालको राजनीति ओलीमय बनेको छ । त्यसलाई मसला थप्ने काम नेकपा माओवादी केन्द्रले एमालेसँगको पार्टी एकीकरणकले गरेको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीबाट दुई नेतालाई मन्त्रीमा नियुक्ती गरे । तर, चुनावदेखि सहयात्री दल बनेको माओवादी केन्द्रले भने अहिलेसम्म केन्द्रमा मन्त्री नियुक्त गर्न नामावली पठाएको छैन् । पार्टी एकताको टुंगो लागेपछि मन्त्रीको नामावली पठाउने तयारी गरिरहँदा एमालेमा नयाँ विषयले अर्को चर्चा पाएको छ । आईजीपीको प्रकरण र प्रतिनिधिसभा निर्वाचनसम्म अहिले पनि चर्चामा रहेका नवराज सिलवाललाई ओलीले च्यापेपछि चर्चा चुलिएको हो ।  ओलीले बोलेपछि  तरङ्ग मात्र ल्याउँदैनन् बोलेको पनि पूरा गरिछाड्छन् भन्ने गरिन्छ । सपना धेरै देख्ने र सपना पूरा गर्न एक्सनमा पनि जाने नेताको परिचय बनाएका ओलीले आर्इजीपी प्रकरणमा नवराज सिलवालमाथि अन्याय भएकोमा कडा अभिव्यक्ति दिइरहे ।

सिलवाललाई बचाउन ओलीले के–के गरे ? 

सिलवाल आर्इजीपी नबन्ने निश्चित भएपछि राजीनामा दिनु अगावै एमालेले सांसद बनाउने घोषणा समेत गरे । ओलीले बोलेपनि धेरैले विश्वास गरेका थिएनन् । कतिपयले समानुपातिकतर्फ नाम राख्नसक्ने अनुमान गरे । तर, ओलीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ललितपुर क्षेत्र नम्बर १ को उम्मेदवार बनाएरै छाडे ।चुनावमा टिकट पाएपछि नवप्रवेशी सिलवाललाई जित हासिल गर्न कठिन ठानिएको थियो । उनका प्रतिस्पर्धी निवर्तमान सांसद तथा अर्थराज्यमन्त्री उदयशमशेर राणा हुनुले समेत सिलवालले जित्लान् भन्नेमा आशंका गरिएको थियो । राणाले ललितपुर क्षेत्र नम्बर १ मा विकास बजेट धेरै खन्याएका र राष्ट्रिय राजनीतिमा समेत छाएकाले हेभिवेट नेता मानिएको थियो । तर, धेरैको आशंकालाई मेट्दै सिलवालले छ हजार बढी मतान्तरले जित दर्ता गरे ।

सिलवालले जितेपछि उनको राजनीतिक भविष्यबारे चर्चा हुन थालेको छ । ओलीले सिलवाललाई सांसद मात्र नभई गृहमन्त्री बनाउने घोषणा समेत गरेका थिए । ओलीको यही घोषणाले मतदातालाई प्रभावित पारेको थियो । भावी गृहमन्त्री ठानेर धेरै मतदाता उनीप्रति आकर्षित भए । त्यसमाथि उनीमाथि अन्याय भएको विषयले मतदातालाई प्रभावित पारेको थियो ।जे बोल्यो त्यो गर्ने नेताको परिचय बनाएका ओलीले सिलवाललाई गृहमन्त्री बनाउलान् रु प्रतिक्षाको विषय बनेको छ । एमालेमा धेरै हस्तीहरू चुनाव जितेर आएका छन् । गृहमन्त्रीको अनुभव सँगालिसकेका भीम रावल देखि आकांक्षी विष्णु पौडेल, इश्वर पोखरेल सम्मका नेताहरू छन् ।

हस्तीहरूलाई पन्छाएर ओलीले सिलवाललाई अवसर दिनेमा धेरैको आशंका छ । सिलवाललाई गृह दिएपनि राज्यमन्त्रीको जिम्मेवारी मिल्ने अनुमान समेत गरिएको छ । तर, बोलेपछि गरिछाड्ने ओलीले वाचा पूरा नगर्लान् भन्न सकिन्न ।देउवाले सिलवाललाई आर्इजीपी बन्नबाट रोकेकोमा ओलीको गहिरो असन्तुष्टि थियो । यस घटनाले उनलाई बिझेको थियो भन्ने सिलवाललाई सांसद सम्म बनाउन भूमिका खेलेबाट प्रष्ट हुन्छ । ओली देउवालाई देखाउनका लागि भएपनि सिलवाललाई गृहमन्त्री बनाउन सक्छन् । विगतमा एमालेभित्र आफ्ना विरोधी हस्ती युवा नेताहरूलाई देखाउन चुनाव हारेका महेश बस्नेतलाई मन्त्री बनाएका थिए ।

कर्णबहादुर थापालाई समेत मन्त्री बनाए । ओलीमा ‘राजहठ’ रहेको विगतका घटनाले देखाउँछ ।यही हठले उनलाई राजनीतिको यो उचाईमा पु¥यायो । उनको हठले सिलवाललाई गृहमन्त्री सम्म बनाउन सक्छ । उनी गृहमन्त्री बनेमा प्रहरी मुख्यालयमा रोचक दृश्य देखिनेछ ।उनका प्रतिष्पर्धीहरू आर्इजीपी प्रकाश अर्याल र जयबहादुर चन्द सम्मले सलाम ठोक्नुपर्ने हुन्छ । ओलीको बोली व्यवहारमा परिणत भएमा त्यो दिन नआउला भन्न सकिन्न

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com