ईन्भेष्टमेन्ट प्रा.लि.का आठ सञ्चालक प्रहरी नियन्त्रणमा


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

कानून विपरित वित्तिय कारोबार गर्ने ईन्भेष्टमेन्ट प्रा.लि.का आठ जना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले सुनसरी र मोरङमा अवैध रूपमा सञ्चालन गर्ने कम्पनीका ८ जना सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

पक्राउ पर्नेहरुमा आपन ईन्भेष्टमेन्ट प्रा.लिका सञ्चालक श्याम पेशकार थारू र भीमप्रसाद चौधरी, हलेसी ईन्भेष्टमेन्ट प्रा.लि. धरानका सञ्चालक चन्द्र विक र अनिता विक, चौतारी ईन्भेष्टमेन्ट प्रा.लि. विराटनगरका सञ्चालक राजु शाह, ईन्भेष्टमेन्ट प्राईभेट लिमिटेड, ईटहरीका सुनिल गुरागाई र ईन्भेष्टमेन्ट प्रा.लि. ईटहरी डिल्ली प्रसाद आचार्य र प्रकाश आचार्य रहेको सीआईवीले जनाएको छ।

नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तिय कारोबार गर्ने अनुमति नलिई गैरकानूनी तवरले आफूलाई प्राप्त कानूनी दायरा विपरित स्थानीय जनतासँग बचत संकलन तथा ऋण प्रवाह गर्ने लगायतको वित्तिय कारोबार गरिएको देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सीआईवीले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com