एउटै नम्बरलाई फरक नेटवर्कमा जाेड्न सकिने


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्ताले सेवा प्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्न सकिने नम्बर पोर्टेबिलिटी सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ ।यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।

यो सेवा सूरु भएपछि ग्लोबल सिस्टम फर मोबाइल (जिएसएम) प्रयोगकर्ताहरुले आफूले प्रयोग गरेको सिमकार्डबाटै आफूले चाहेको नेटवर्क स्वीच गर्न सकिने छ । अहिले प्राधिकरणले नम्बर पोर्टबिलिटी लागू गर्न कार्यविधि तयार गरेको छ ।

अब प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकमा छलफल भइ थप प्रक्रिया अगाडि बढाइने भएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले नम्बर पोर्टबिलिटी लागू गर्न सम्पूर्ण मापदण्ड पूरा गरी कार्यविधि तयार भइसकेको जानकारी दिए।

सबै सेवा प्रदायक कम्पनीहरुलाई एउटै सिस्टममा ल्याउने, डाटावेस तयार गर्ने र रजिष्टरको कामका लागि अध्ययन भइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com