१० युवती विमानस्थलबाट पक्राउ


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

–महिला खबर–
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली भीसा प्रयोग गरी कुवेत जान लागेका १० युवतीलाई पक्राउ गरिएको छ । मानव तस्करीको आशंकामा उनीहरुलाई पक्राउ गरी अध्यागमन विभागले कारबाही अघि बढाएको हो । यही फागुन १ गते राति फ्लाई दुबईको एयरलाइलन्स मार्फत दुबई हुँदै कुवेत जान लागेकाहरु पक्राउ परेका प्रहरीले बताएको छ ।
उनीहरुको श्रम स्वीकृति अनुसारको भीसा नभएपछि उनीहरुलाई पक्राउ गरिएको अध्यागमन कार्यालय विमानस्थका प्रमुख होमनाथ थपलियाले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा कपिलवस्तुकी शान्ता सुनुवार, चितवनकी कुमारी स्याङ्तान, रोल्पाकी हस्तकुमारी पुन, सिन्धुलीकी जानुकाकुमारी स्याङ्तान, मकवानपुरकी फूलमाया ब्लोन, मोरङकी पवित्रा विक, मकवानपुरकी हरिमाया मोक्तान, उदयपुरकी नानु सार्की, रसुवाकी टीकामाया तामाङ र सिन्धुपाल्चोककी विष्णुमाया लामा रहेका छन् ।
महिलाहरुलाई अध्यागमन विभागमा थुनामा राखी कारबाही अघि बढाइएको छ । उनीहरुको साथबाट एउटा नक्कली र अर्काे सक्कली भीसा फेला परेको थियो ।

दलालहरुले वैदेशिक रोजगारीका नाममा उनीहरुलाई बेच्न लैजान खोजेको हुनसक्ने आशंका गरिएको छ ।
यसैबीच भारतको बाटो हुँदै ओमान पुगेका तीन युवतीलाई आइतबार नेपाल फर्काइएको छ । दलालको पछि लागेर ओमान पुगेका उनीहरु त्यहाँ अलपत्र परेका थिए । उनीहरुलाई त्यहाँको दूतावासले नेपाल फर्काएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com