देउवाका छोरा जयवीरलाई राजनीतिमा सक्रिय गराउने


प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार

फागुन ६, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवम् नेतृ डा.आरजु राणा देउवा दम्पत्तीले अब छोरा जयवीर देउवालाई राजनीतिमा सक्रिय गराउने भएका छन् । प्रधानमन्त्रीबाट राजीनामा दिएर बालुवाटारबाट निजी निवास बुढानिलकण्ठ पुगेको केही बेरपछि देउवा दम्पत्तीबीच छोरा जयवीरलाई राजनीतिमा ल्याउने वा नल्याउने भन्नेबारेमा छलफल भएको जनाईएको छ । सुरुमा आरजु छोरा राजनीतिमा आउन हुन्न भन्ने पक्षमा थिईन् । तर देउवा भने छोरा भने छोरा सक्रिय राजनीति नै गरोस् भन्ने चाहन्छन् । देउवाले छोरा जयवीरलाई काङ्ग्रेसको भातृसंगठन मार्फत राजनीतिमा प्रवेश गराउने सोच बनाएका छन् । देउवाले छोरालाई नेवि संघ वा तरुण दलको केन्द्रीय कमिटिमा मनोनित गर्ने र त्यस मार्फत नै आगामी महाधिवेसनसम्म पार्टीकै नेतृत्वमा ल्याउने सोच बनाएको बुझिएको छ । देउवाका छोरा अहिले २३ वर्षका छन् । उनी बेलायतको यूनिभर्सिटी अफ योर्कमा राजनीतिशास्त्रमा अध्ययनरत छन् । जयवीरले बुवाको विरासत धान्न सक्लान् त ? यो भने अब बहसको विषय बनेको छ । जयवीर पनि राजनीतिशास्त्रकै विद्यार्थी भएकोले उनले सक्रिय राजनीति गर्छन् भन्ने पूर्वानुमान पहिलेदेखि नै थियो । तर, अहिले आएर देउवाले छोरालाई सक्रिय राजनीतिमा होम्याउने गरी यस्तो निर्णय गरेका बतार्इएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com