Follow @khasokhasmag

जेलर विरुद्ध अख्तियारको मुद्दा


प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कारागार कार्यालय सप्तरीका कार्यालय प्रमुख (जेलर) कृष्णबहादुर दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार जेलमा रहेका कैदीबन्दीलाई स्थानान्तरण गरिदिन भनी घुस मागेको अभियोगमा जेलर दाहाललाई केही दिन पहिले रु ४० हजार घुससहित पक्राउ गरिएको थियो ।

जेलर दाहाललाई बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले आजै जिल्ला प्रहरी कार्यालय, म्याग्दीअन्तर्गत प्रहरी चौकी पाखापानीमा कार्यरत प्रहरी हवल्दार कुलबहादुर विसीलाई रु एक लाख ६० हजार घुससहित पक्राउ गरेको छ ।

प्रहरी जवान पदमा भर्ना गराइदिने भनी सेवाग्राहीसँग रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले विसीलाई पक्राउ गरेको प्रवक्ता पाण्डेयले जानकारी दिनुभयो । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com