कुलमानले ल्याए नयाँ योजना


प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार

विद्युत प्राधिकरणले मुलुकभर विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन स्थापनाबारे अध्ययन सुरु गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं अध्ययनमा संलग्न भएका छन् ।

ऊर्जा मन्त्रालयका इन्जिनियर गणेश शाहको सहयोगमा स्टेसन स्थापनाका लागि सम्भाव्य स्थान छनोट गर्न लागिएको घिसिङले बताए । ‘प्राधिकरणकै जग्गामा स्थापना गर्न सकिनेबारे अध्ययन थालेका छौं,’ घिसिङ भन्छन्, ‘त्यसबाहेकका स्थान पनि छनोट गर्नेछौं ।’

लोडसेडिङ हटाएर चौबीसै घण्टा बिजुली उपलब्ध गराउन सफल भएका घिसिङले भविष्यमा उत्पादित विद्युत् खपतका नयाँ क्षेत्र पहिचानलाई प्राथमिकतामा राखेका छन् । उनका अनुसार चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि वर्षायाममा मागभन्दा बढी बिजुली उपलब्ध हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खासगरी, राति बढी हुने ऊर्जाको प्रयोगबाट विद्युतीय सवारी साधन प्रबर्द्धनको योजनामा रहेका छन्, घिसिङ । खेर जाने बिजुलीलाई विद्युतीय सवारी साधन चार्जिङमा लगाउन सके व्यापार घाटा घटाउन पनि योगदान पुग्ने देखिन्छ । खासगरी, भारतबाट ठूलो मात्रामा पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने अवस्थाबाट मुलुकलाई त्राण दिलाउने घिसिङको सोच छ ।

पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको संख्या बढ्दै जाँदा व्यापार घाटा पनि दिनप्रतिदिन फराकिलो बन्दै गएको छ । त्यसलाई रोक्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनुको विकल्प नभएको घिसिङ बताउँछन् ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष ०७४(७५ को ६ महिनामा पेट्रोलियम पदार्थ, मेसिनरी, पार्टपूर्जा, सवारी साधन, सुन र पोलिथिन आयात बढेको छ । मेसिनरी पार्टपूर्जाको आयात घटाउन तत्काल सम्भव नभए पनि विद्युतीय गाडीको प्रयोग बढाएर इन्धन आयात घटाउन सकिने सम्भावना छ ।

व्यापार घाटाको खाडल घटाउन विद्युतीय सवारी साधनको प्रयोग नै उत्तम विकल्प हुनेमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वणिर्म वाग्ले पनि सहमत छन् । भन्छन्, ‘नयाँ सरकारले यसलाई प्राथमिकता दिनुपर्छ ।’

विज्ञहरुका अनुसार पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरुले प्रतिकिलोमिटर सात रुपैयाँ खर्च गर्छन् । विद्युतीय सवारी साधनमा भने प्रतिकिमि दुई रुपैयाँ मात्र खर्च हुन्छ । त्यही लाभ देखेर प्राधिकरणले पनि विद्युतीय सवारी साधनको प्रबर्द्धनका लागि चार्जिङ स्टेसनहरु स्थापना गर्न लागेको हो ।

आयातीत बिजुलीबाट चार्ज गरेर सवारी साधन गुडाउँदा फाइदा पुग्ने घिसिङ बताउँछन् । आयातीत विद्युतबाट चार्ज गर्नुभन्दा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन गुडाउँदा महँगो पर्छ । राति घरेलु प्रयोजनमा विद्युत् प्रयोग हुँदैन । उक्त समयको महशुल घटाएर विद्युतीय गाडी चार्ज गराउन प्रोत्साहित गर्ने घिसिङको योजना छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com