एफबिआइको अनुसन्धान एकपक्षीय भयो– राष्ट्रपति ट्रम्प


प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेपका विषयमा अमेरिकी संघीय अनुसन्धान ब्युरो, एफबिआइले गरेको अनुसन्धान एकपक्षीय भएको बताउनुभएको छ ।

सो चुनावमा राष्ट्रपति ट्रम्पको पक्षमा जनमत बनाउने काममा रुसी नागरिक र केही संस्थाकै हात रहेको आरोप उक्त ब्युरोले लगाएको थियो ।

संयुक्त राज्य अमेरिकामा यस विषयमा विशेष अनुसन्धान भइरहेको भनिएको सो घटनाको बारेमा अनुसन्धानकर्ताहरुले रुसी नागरिकको हस्तक्षेप निर्वाचनमा देखिएको प्रतिवेदन हालैमात्र सार्वजनिक गरेका थिए ।

यो कार्य एकदमै नियोजित तथा आफ्ना विरुद्धमा एकपक्षीय भएको आरोप राष्ट्रपति ट्रम्पले लगाउनुभएको छ । उहाँले आफ्नो ट्वीट अकाउन्टमा भन्नुभएको छ– जुन कुराको अनुसन्धान गर्नै आवश्यक थिएन यस्तो कुरामा एफबिआई लाग्यो र यसले मेरो निर्वाचनसम्बन्धी कार्यक्रम र समूहको बदनाम गर्ने मात्र काम ग¥यो ।

एफबिआइले एकजना रुसी व्यापारीसहित १३ जना रुसी नागरिकमाथि अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति ट्रम्पको पक्षमा धाँधलीपूर्ण काम गरेको आरोप लगाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप रहेको भनी यसअघि नै आलोचना भएको थियो । उक्त संस्थाको पछिल्लो प्रतिवेदन पनि यसैलाई पुष्टीगर्ने खालको आएको समाचारमा जनाइएको छ ।

अनुसन्धानमा यस्तो देखिएको अमेरिकी अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । उक्त निर्वाचनमा रुसको एक इन्टरनेट समूह ‘ट्रोल फार्म’ को हात रहेको पाइएको अमेरिकाको भनाई छ ।

सो इन्टरनेट एजेन्सीसँग सम्बद्ध समूहका ती १३ जनाले राष्ट्रपतिमा डोनल्ड ट्रम्पको जितको सम्भावना भनेर देशव्यापी सर्वेक्षण गरी त्यसको परिणाम आमसञ्चारका माध्यममार्फत देशव्यापी बनाएका थिए ।

उता राष्ट्रपति ट्रम्पले फ्लोरिडाको विद्यालयमा हालै भएको हत्याकाण्डको कुनै पनि सूचना प्राप्त गर्न नसकेको भनी एफबिआइको कडा आलोचना गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ– एफबिआइले हत्याराको बारेमा एउटामात्र संकेत बुझ्न नसक्दा यस्तो दुर्घटना हुन पुगेको छ । उसले समयमै यसको संकेत बुझेको भए यो दुर्घटना टर्न सक्दथ्यो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com