जापानमा अवकासका लागि ७० वर्ष सिमा


प्रकाशित मिति : फाल्गुन ५, २०७४ शनिबार

जापानमा सक्रिय जनसंख्याको कमीलाइ न्युनीकरण गर्नका लागि स्वैच्छिक अवकासको उमेरहद ७० वर्ष हुनेगरी जापान सरकारले शुक्रबार पारित गरेको छ

६० वर्षमाथीका नागरिकलाइ कामलाइ निरन्तरता दिन प्रोत्साहन गर्नका लागि यस संग सम्बन्धित नियमहरुलाइ आर्थिक वर्ष २०२० सम्ममा परिमार्जन गर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ । प्रारम्भिक अध्ययन अनुसार वयस्कहरु शारीरिक रुपमा पहिलेभन्दा स्वस्थ र सामुदायिक क्रियाकलापमा संलग्न हुन र कामलाइ निरन्तरता दिन अति प्रोत्साहित रहेको पाइएको छ । उमेर वर्गीकरण अनुसार जीवनशैलीमा परिवर्तन गर्ने सरकारको तयारी रहेको देखिएको छ ।

अहिलेको नियमअनुसार ६० देखि ७० वर्षको उमेरमा पेन्सन पाउने व्यवस्था रहेको छ । यदि कुनै व्यक्तिले ६५ औँ जन्मदिनमा पेन्सनको छनौट गरेमा उनीहरुको मासिक पेन्सन बृद्धि हुने व्यवस्था रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com