बस दुर्घटनामा दुई दर्जन घाइते


प्रकाशित मिति : फाल्गुन ५, २०७४ शनिबार

कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै आज बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् ।

टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नंको बस दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो ।

दुर्घटना परी घाइते भएकाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com