अब पाँच वर्षभित्र देश आर्थिक समृद्धिमा : नारायणकाजी श्रेष्ठ


प्रकाशित मिति : फाल्गुन ५, २०७४ शनिबार

फागुन ५, गोरखा– अबको पाँच वर्षभित्र देश आर्थिक समृद्धिमा अगाडि बढ्ने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताएका छन्।

जिल्लाको पालुङटार नगरपालिकामा भएको कोटगढी महोत्सवलाई सम्बोधन गर्दै नेता श्रेष्ठले जनताले वाम गठबन्धनलाई दिएको स्पष्ट बहुमतले नयाँ नेपाल निर्माण गर्ने दिन आएको बताएका हुन्।

गोरखा निर्वाचन क्षेत्र २ बाट आफूले जित्न नसके पनि देशैभरिबाट वाम गठबन्धनको जित हुनु गौरवको कुरा भएको उनले बताए। जिल्लाको विकासका लागि विशेषज्ञहरुको समूह बनाई छलफल गरेर गुरुयोजना तयार गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनिलकुमार श्रेष्ठले कोटगढी पर्यटकीय स्थलका लागि उपयुक्त स्थान भएको र यसको विकासका लागि आफूले सकेको पहल गर्ने समेत बताए।

महोत्सवमा राष्ट्रिय कलाकार कहरसिं राना, प्रमिला केसी, सम्झना थापा, सन्तोष दवाडी लगायतले आफ्ना कला प्रस्तुत गरेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com