विराटनगर दुर्घटनामा एकको मृत्यु


प्रकाशित मिति : फाल्गुन ५, २०७४ शनिबार

फागुन ५, विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा भारती लहरी र कार एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार बूढीगंगा गाउँपालिका –३ हुलासवायर उद्योग अगाडि शुक्रबार राति उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको भारतीय एनएल– ०१–डि–२३६९ नं को लहरीले विपरीत दिशाबाट जाँदै गरेको बा १० च ८२१७ नं को कारलाई ठक्कर दिँदा कारमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनसरी दुहवी नगरपालिका –४ का २५ वर्षीय प्रज्ज्वल दाहाल छन् । घाइते भएका दुहवी –५ का २६ वर्षीय विकाश भण्डारीको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि लहरीका चालक फरार भएकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com